Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अनाबश्यक मानिसको आवत जावत बढेको भन्दै बुटवल–नुवाकोट सडक वन्द
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अनाबश्यक मानिसको आवत जावत बढेको भन्दै बुटवल–नुवाकोट सडक वन्द

संसारपोस्ट संवाददाता · २४ जेष्ठ २०७७ · 0
अनाबश्यक मानिसको आवत जावत बढेको भन्दै बुटवल–नुवाकोट सडक वन्द
90
SHARES
ShareTweet

बुटवल, २४ जेठ । विश्वब्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाईरसको रोकथाम तथा न्युनिकरणका लागि नेपाल सरकारले मुलुकमा लकडाउन गरेको छ । लकडाउनकै कारण आम नेपाली गएको चैत ११ गते देखि घरमै बन्दाबन्दी भएका छन् ।
कोरोनाको रोकथामकै लागि सरकारले अन्तर्राष्ट्रिय हवाई उडान र सीमानाका सिल गरेको अवस्था छ । सीमानाकामा अलपत्र परेका नागरिकलाई नेपाल सरकार तथा स्थानीय सरकारको पहलमा उद्धार गरेर सम्वन्धित पालिकामा पुर्याएर क्वारेण्टाइनमा राख्ने काम पनि हुंदै आएको छ ।
कतिपय स्थानीय पालिकाले सीमानाकामा अलपत्र परेका नागरिकलाई उद्धार गर्ने काम गर्दै आएपनि भारतमा रोजगारीका लागि गएका कतिपय नेपाली नागरिकहरु आफु खुशी आफ्नै तरिकाले नेपाल प्रवेश गर्ने क्रम पनि रोकिएको छैन । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएको र भारतमा रोजगारीका लागि गएका नेपाली नागरिक आफु खुशी नेपाल प्रवेश गर्दा समुदायमा कोरोना संक्रमण फैलिन सक्ने भएकाले पछिल्लो समयमा यसरी अलपत्र परेका नागरिकलाई सम्वन्धित पालिकाहरुले स्थानीय प्रशासन संग समन्वय गरेर उद्धार गर्ने र लगेर क्वारेण्टाइनमा राख्ने काम गरेका छन् । तर, सरकार तथा स्थानीय पालिकाहरुले उद्धारको काम गर्दा गर्दै पनि अहिले पनि भारतवाट लुकिछिपि नेपाल प्रवेश गर्ने काम भैरहेको छ ।
यसरी छिमेकी मुलुकवाट नेपालीहरु आउने क्रम संगै लकडाउनको समयमा अन्य अवैध गतिविधि समेत वढ्ना थालेको भन्दै यसलाई तत्काल नियन्त्रण गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ । देशका सबै जिल्ला तथा पालिकाहरुले कोरोना भाइरसको प्रकोप ब्यवस्थापनका लागि आआफ्नै तरिकाले आन्तरिक ब्यवस्थापन समेत गरेका छन् ।
विशेष गरी भारतवाट आएर रुपन्देही हुंदै पाल्पा, गुल्मी, बाग्लुङ्ग, स्याङ्गजा, म्याग्दी लगायतका जिल्लामा जाने नागरिकहरुलाई पाल्पाको दोभानमा कडाई गरिएपछि यसरी आउने नागरिकहरु बुटवलको बेलवासवाट पाल्पाको नुवाकोट हुंदै जान थाले पछि बुटवल १३ मा यस्तो आवत जावत रोक्न स्थानीय सक्रिय भए । स्थानीयले वडा कार्यालय र स्थानीय प्रहरी संग समन्वय गरेर सडकमा ढुंगा मुढा राखेर रोक्ने काम गरे पनि लुकिछिपि आउने हरुले छेकवार हटाउने काम गरेपछि शनिवार यस्तो आवत जावतलाई रोक्न मानिस तथा सवारी आउन जान नमिल्ने गरी जेसिवी मेशिन लगाएर सडकमा छेकवार गर्ने काम गरेका छन् ।
सधिकार डकमा हिड्न पाउनु मानिसको मौलिक तथा नैसर्गिक अधिकार भएपनि पछिल्लो समय अर्थात लकडाउनको अवधिमा भारतवाट लुकिछिपि आउने नागरिकका अलावा वन पैदावारको चोरी निकाशी तथा यौनजन्य क्रियाकलाप वढेको भन्ने वडावासीको गुनासो आएकाले उक्त वाटोमा आवत जावत गर्न नमिल्ने गरी सडक वन्द गरिएको वुटवल १३ का अध्यक्ष नारायण पुनले वताउनु भयो ।
लकडाउनको समयमा बुटवलको बेलबास नुवाकोट सडकमा अनावश्यक मानिसहरुको ओहोर दोहोर बढ्नुका साथै अबैध तथा अनैतिक क्रियाकलाप बढेकाले वडावासीहरुले नै असहज अवस्था सम्मका लागि उक्त सडक वन्द गराएको वडाध्यक्ष पुनले वताउनु भयो ।
सिद्धार्थ राजमार्गको दोभानमा प्रहरी चेकिङ हुने भएकाले पहाडी जिल्लामा जानेहरुले प्रहरी चेकिङलाई छलेर पछिल्लो समय बेलबास, नुवाकोट, दोभान हुँदै जाने क्रम बढेको थियो । बेलवास सडकमा अनावश्यक ओहोर दोहोर संगै अवैध तथा अनैतिक क्रियाकलाप वढेकाले यस्ता क्रियाकलापलाई रोक्न वडावासीले नुवाकोट जाने सडकको मुखमा ठुलो खाडल खनेर आवागमन रोकेको स्थानीय वासी राजेश गैरेले वताउनु भयो । गैरेका अनुसार अनावश्यक मानिसहरुको ओहोर दोहोरका साथै, दुव्र्यसनीहरुको अखडा, काठ तस्करी र अनैतिक खालका गतिविधि हुन थालेको गुनासो बढेकाले वडावासीले बेलबास नुवाकोट सडकमा हुने आवतजावत वन्द गराएका हुन् ।
राम्रो कामका लागि सडक वन्द गरिएको भएपनि सडकमा खनिएको खाडलका कारण अर्को कुनै दुर्घटना नहोस् भन्ने तर्फ पनि सम्वन्धित सबै सजग र सचेत भने हुन जरुरी छ । यसका लागि पूर्व सावधानीका उपाहरु अवलम्वन गर्न र विषम परिस्थितिका कारण सडक वन्द गरिएको सूचना आम नागरिकमा पुराउन पनि त्यत्तिकै आवश्यक छ ।

≪ Previous Post

लोकदोहोरी प्रतिष्ठान प्रदेश ५ को क्यालेण्डर विमोचन

Next Post ≫

कपिलवस्तु कारागारमा कर्तव्य ज्यान मुद्दाका कैदीको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क