Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रदेश ५ मा २४ घण्टामा ९ जनाको ज्यान गयो
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश ५ मा २४ घण्टामा ९ जनाको ज्यान गयो

संसारपोस्ट संवाददाता · २४ जेष्ठ २०७७ · 0
प्रदेश ५ मा २४ घण्टामा ९ जनाको ज्यान गयो
90
SHARES
ShareTweet


बुटवल २४ जेठ
प्रदेश ५ मा विगत २४ घण्टामा आत्महत्या र दुर्घटनामा परि ९ जनाले ज्यान गुमाएका छन ।
शुक्रवार दिउसो देखि शनिवार अपराहन्न ३ वजेसम्ममा प्रदेशमा ५ जनाले आत्महत्या गरेका छन भने ४ जना दुर्घटना र रुखवाट लडेर मृत्यु भएको ५ नम्बर प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेशमा हरे दिन जसो आत्महत्या गर्नेको संख्यामा बद्धिहुदै गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नवलपरासी जिल्ला सुनवल नपा. ७ ज्यामिरे स्थित महेन्द्र राजमार्गमा पश्चिम सुर्खेतवाट काठमाण्डौ जादै गरेको ना ७ ख ६९६३ न. बस र बिपरित दिशा धनुषावाट महेन्द्रनगर जादै गरेको प्रदेश २।३।००१ च ३१२ को बलेरो पिकअप एक आपसमा ठक्कर खान बसको सह चालक बर्ष १७ को बिरेन्द्र रानाको मृत्यु भएको छ ।
रानाको टाउकोमा चोटलागेकोमा उपचारको लागी पृथ्वीचन्द्र अस्पताल परासी लैजादै गर्दा मृत्यु भएको हो ।
त्यस्तै रुपन्देही तिलोत्तमा न.पा.३ बस्ने बर्ष ४० को धन बहादुर आले शकरनगरबाट जानकीनगर आफ्नै घरतर्फ साईकलमा आउने क्रममा लडेर मृत्यु भएको छ ।
भित्री सडक खण्डको १५ बिगाहा भने स्थानमा आफै लडि घाईते भई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याएकोमा आलेको उपचारको मृत्यु भएको प्रहरी चौकी डाईभर टोलका प्रहरीनायव निरिक्षक बेगम खनालले बताउनु भयो ।
त्यसैगरि अर्घाखाँची सितगंगा न.पा.४ स्थित सन्धिखर्क गोरुसिङे सडक खण्डमा ठाडाबाट अमराईतर्फ जादै गरेको लु ३ त ४३७३ नं.को ट्याक्टरमा सवार सह चालक बर्ष ४२ को रामु बिकको मृत्यु भएको छ ।
बिकले लगायको कपडा ट्याक्टरको बिचको टायरमा बेरिन गई निकाल्ने क्रममा निजको कम्मर मुनिको दुबै खुट्टा च्यापिन जांदा घाईते भई उपचारको चौराह हस्पिटल प्रा.लि.बुटवलमा उपचारको क्रममा मृन्यु भएको हो ।
त्यस्तै जिल्ला बाँके खजुरा गा.पा. ४ बस्ने बर्ष अन्दाजी ७० को भक्त बहादर सुनारले आफ्नै गोठमा काठको धुरी बलोमा पलाष्टिकको डोरीको पासो लगाई झुण्डी आत्महत्या गरेका छन ।
जिल्ला अर्घाखाँची मालारानी गा.पा. ९ सौरिपोखरी बस्ने दिल बहादुर दमाईको श्रीमती बर्ष ४४ कि फुलमति परियार रुखमा घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ ।
रुखवाट लडेर टाउकोमा गहिरो चोट लाग्न गई उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क अ.खाँ. ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
रोल्पा रुन्टीगढि गा.पा.१ धनचौर बस्ने पुर्ण बहादुर राउतको श्रीमति बर्ष १९ की हिमा बस्नेत (राउत) ले नाम नखुलेको विषादी सेवन गरी मृत्यु भएको छ ।
त्यस्तै रोल्पा जिल्ला माडी गा.पा.२ घर्तिगाऊ बस्ने पुनराम दमैको श्रीमती बर्ष ५६ की मगु दमै बजारको नालिमा मृत अवस्थामा भेटिएकी छन ।
घरबाट कोहि कसैलाई जानकारी नगराई हिडेकोमा खोज तलास गर्दा बजारको नालिमा मृत अवस्थामा भेटिएको ५ नम्बर प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रवक्ता राजकुमार वैदवारद्धारा जारी पे्रस नोटमा उल्लेख गरिएको छ ।
रुपन्देही बुटवल उ.म.न.पा. ११देविनगर सागरमाया पथ बस्ने अबिबाहीत बर्ष १८ की दिब्या बस्यालले आफ्नै घरको छतमा रहेको बासको बलोमा चुन्नीको पासो लगाई झुण्डी आत्महत्या गरेकी छन ।
सव पोष्टमाटमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको शव गृहमा राखिएो प्रहरीले जनाएको छ ।
जिल्ला कपिलबस्तु शिवराज न.फा.११ बड्की थुनिया बस्ने घनश्याम कोरीको श्रीमती बर्ष ४७ की सुराती कोरीले झुण्डीएर आत्म हत्या गरेकी छन ।
आफ्नै घरको पालीमा रहेको बाँसको बलोमा आफैले लगाएको नाईलनको मालाको पासो लगाई झुण्डीएको अवस्थामा छोराले देखी पासो काटी हेर्दा निजको मृत्यु भईसकेका प्रहरीले जनाएको छ ।

≪ Previous Post

पाल्पा रैनादेबीका वडाध्यक्ष तीन लाख घुस सहित पक्राउ

Next Post ≫

लोकदोहोरी प्रतिष्ठान प्रदेश ५ को क्यालेण्डर विमोचन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क