बुटवल, २४ जेठ । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष देवेन्द्र पुन घुससहित पक्राउ परेका छन् । रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसंग तीन लाख घुस लिनेक्रममा आख्तियारको टोलीले पुनलाई शनिवार विहान रंगेहात पक्राउ गरेको हो ।
काठको काम गर्ने एक ब्यवसायीसंग काठ लिलामको काममा सहजिकरण गरिदिने भनी घुस लिंदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले पुनलाई पक्राउ गरेको कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिनुभयो ।
सूचना अधिकारी भुसालका अनुसार वडाध्यक्ष पुनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको छ । अख्तियारको टोलीले तीन लाख भुस रकम पनि बरामद गरेको छ ।
पुन स्थानीय तहको पहिलो निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।