Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ डायलाइसिस सेवा वापत अस्पतालले पाउनुपर्ने रकम तत्काल उपलब्ध गराउ : राजमो
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

डायलाइसिस सेवा वापत अस्पतालले पाउनुपर्ने रकम तत्काल उपलब्ध गराउ : राजमो

संसारपोस्ट संवाददाता · २३ जेष्ठ २०७७ · 0
डायलाइसिस सेवा वापत अस्पतालले पाउनुपर्ने रकम तत्काल उपलब्ध गराउ : राजमो
110
SHARES
ShareTweet

बुटवल, २३ जेठ । रुपन्देहीको बुटवलस्थित गौतमबुद्व सामुदायिक मुटु अस्पतालले आगामी असार १ गतेदेखि डायलाइसिस सेवा बन्द गर्ने समाचारप्रति राष्ट्रिय जनमोर्चाले ध्यानआकर्षित भएको बताएको छ । डायलाइसिस सेवाका लागि उपलब्ध गराउने आर्थिक सहयोग तत्काल उपलब्ध गराउन राष्ट्रिय जनमोर्चा रुपन्देहीले सरकारसंग माग गरेको छ । सरकारले उपलब्ध गराउने अनुदान रकम रोकिएका कारण सेवा बन्द गर्नुपर्र्नेे स्थिति आउनु दुःखद् विषय भएको राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलम र सचिव टानबहादुर केसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विगतदेखि अस्पतालले दिंदै आएको निःशुल्क डायलाइसिस सेवा बन्द गर्न नहुने र सेवा बन्द हुने अवस्था आउनु भनेको सरकार गैर जिम्मेवार बनेको विज्ञप्तिमा उल्लेख गरिएको छ । कुनैपनि बहानामा बिरामीहरु सेवावाट बन्चित हुन नहुने र अस्पतालले पाउनु पर्ने रकम तुरुन्त उपलब्ध गराई सहजरुपमा डायलाइसिस सेवा सुचारु गर्ने वातावरण सरकारले बनाउनु पर्ने राष्ट्रिय जनमोर्चाको माग छ ।
अस्पताल सञ्चालकहरुलाई सम्बन्धित पक्षसंग वार्ता वा संवादको माध्यमवाट समस्याको समाधान गर्न विज्ञप्तिमार्फत अनुरोध गरिएको छ । सरकारबाट प्राप्त हुनुपर्ने रकम भुक्तानी नभएको भन्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले मृगौलाका विरामीहरुलाई उपलब्ध गराउंदै आएको डायलाइसिस सेवा असार देखि बन्द गर्ने बताएको छ । डायलाईसिस जस्तो महत्वपूर्ण सेवालाई आर्थिकको अभावमा रोक्नै नहुने र अझै सहज सेवाका लागि सरकार र अस्पताललाई गम्भीर बन्न राष्ट्रिय जनमोर्चा रुपन्देहीले आग्रह गरेको छ ।
विपन्न वर्गका नागरिकलाई मृगौलाको डायलाईसिस तथा मुटु, क्यान्सर लगायतका विरामीलाई उपचारमा सहुलियत दिने सरकारको घोषणा अनुरुप मुटु अस्पतालले विगत ४ वर्षदेखि निशुल्क डायलाईसिस सेवा उपलब्ध गराउंदै आएको छ । विपन्न वर्गका विरामीलाई डायलाईसिस सेवा उपलब्ध गराए वापत अस्पतालले सरकारवाट प्राप्त गर्नुपर्ने पौने आठ करोड रकम भुक्तानी नपाएको भन्दै अस्पतालले सेवा वन्द गर्ने जनाएको छ ।
विपन्न वर्गका नागरिकको लागि नेपाल सरकारले उपचारमा दिने सहुलियतका लागि मुटु अस्पताल सूचिकृत भई २०७३ साल पुष १७ गतेदेखि निशुल्क डायलाईसिस सेवा संचालन गर्दै आएको छ । मुटु अस्पतालमा साढे ३ सय जना विरामीले निशुल्क डायलाईसिस सेवा र चालु आर्थिक वर्षको ११ महिनामा विपन्न वर्गका २ सय ६३ विरामीले सहुलियतमा मुटुको उपचार सेवा लिएका छन् ।

≪ Previous Post

तिलोत्तमामा नीति तथा कार्यक्रमः कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता

Next Post ≫

पाल्पा रैनादेबीका वडाध्यक्ष तीन लाख घुस सहित पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क