Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ तिलोत्तमामा नीति तथा कार्यक्रमः कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमामा नीति तथा कार्यक्रमः कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता

संसारपोस्ट संवाददाता · २३ जेष्ठ २०७७ · 0
तिलोत्तमामा नीति तथा कार्यक्रमः कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता
90
SHARES
ShareTweet

तिलोत्तमा, जेठ २३

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७७÷७८ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको शुक्रबारबाट सुरु भएको ७ औं नगरसभामा नगर प्रमुख बासुदेव घिमिरेले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रस्तुत नीति तथा कार्यक्रममाथि दफाबार छलफलको लागि नगरसभाको दोस्रो बैठक आइतबार बोलाइएको छ ।

कोभिड—१९ ले आर्थिक, सामाजिक तथा स्वास्थ्य क्षेत्रमा पारेको संकटबाट पार पाउन स्थानीय स्तरमैं रोजगारीका अवसर सिर्जना गर्नु, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउनु, कृषि उत्पादनमा आत्मनिर्भर बन्नु अहिलेको अपरिहार्य आवश्यकतालाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको नगर प्रमुख घिमिरेले जानकारी दिनुभयो । नीति तथा कार्यक्रम नगरको एकीकृत शहरी विकाश योजना कार्यान्वयनमा केन्द्रीत रहेको उहाँको भनाइ छ ।

नीति तथा कार्यक्रममा सामन्यतया चालु वर्षकैं करको दररेटलाई नै आगामी आर्थिक वर्षमा निरन्तरता दिइने, कोभिड–१९ को कारण बन्दाबन्दी हुँदा चालु आर्थिक वर्षमा कर तिर्न नपाएकाहरुलाई आगामी आर्थिक वर्षको ३ महिनासम्म कुनै प्रकारको हर्जाना नलिने उल्लेख छ । ‘यो कार्यक्रम बाल्यकालमा शिक्षा, स्वास्थ्य र पोषण, युवा अवस्थामा शीप, उद्यमशीलता र रोजगारी, जीवनको उत्तराद्र्धमा जेष्ठ नागरिकलाई सम्मान, संरक्षण, महिलालाई समतामूलक अवसर सिर्जनामा केन्द्रित छ ।’ नगर प्रमुख घिमिरेले भन्नुभयो ।

कोरोना भाइरसको कारण चालु आर्थिक वर्षको बजेट कार्यान्वयन प्रभावित भैरहँदा तिलोत्तमाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको लक्ष्य “समृद्ध नगर ः खुशी नगरबासी” नै राखेको छ । कोभिड–१९ को प्रभाव हटेपछि चालु आर्थिक वर्षका बाँकी र नयाँ कामहरु तीव्रताको साथ अघि बढ्ने भन्दै तिलोत्तमाले आगामी आर्थिक वर्ष ‘तीव्र विकासको वर्ष’ हुने जनाएको छ ।

नगरपालिकाले सम्भव हुने वडामा सार्वजनिक–निजी–साझेदारी मोडलमा कम्तिमा १० विगाहा जमिन चक्लाबन्दी गरी व्यवसायिक खेती सुरु गर्ने महत्वाकांक्षी नीति लिएको छ । आगामी आर्थिक वर्षमा किसानलाई ५० वटा दश हर्षपावर सम्मका हाते टेक्टर खरिदमा ५० प्रतिशत अनुदान दिने, प्रत्येक वडामा ५÷५ जना अगुवा किसान तयार गर्ने, मकै, गहुँ, तरकारीको बिउ, सिँचाई बोरिङ, माछा पोखरी, दुध उत्पादन, फूल खेती, पशु बीमा अनुदानलाई निरन्तरता दिइने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित मापदण्डअनुसार अन्यलाई खेती लगाउन अवरोध गरेमा सो जग्गामा हुने उत्पादनको दोब्बर जरिवाना लिने पनि नगरपालिकाले जनाएको छ । संघीय कार्यक्रम अन्तर्गत् भूमि तथा श्रम बैंक स्थापना गर्ने, “कौशी तरकारी तथा फलफूल कार्यक्रम” प्रभावकारी रुपमा सञ्चालन गर्ने, नगरको उपयुक्त स्थानमा पशु हाटबजार सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

स्वास्थ्य चौकीहरुलाई न्यूनतम पूर्वाधार, उपकरण, जनशक्तियुक्त बनाई भरपर्दो र विश्‍वसनीय सेवा सहितको आकर्षक स्वास्थ्य केन्द्रको रुपमा विकास गर्ने, थप २ स्वास्थ्य चौकीमा चिकित्सक नियुक्त गर्ने, प्रयोगशालाबाट एनालाइजर सहितको सेवा प्रदान गर्ने, सेमराबजार स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा रुपान्तरण गर्ने,

प्रत्येक स्वास्थ्य संस्थामा सुविधा सम्पन्‍न खोप केन्द्र सञ्‍चालनको लागि पूर्वाधार निर्माण गर्ने, सामुदायिक विद्यालयमा विद्यालय स्वास्थ्य कार्यक्रम लागु गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

७५ वर्ष उमेरमाथिका जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुको आधारभूत स्वास्थ्य सेवा घरमै पुगेर प्रदान गर्ने, विपन्न वर्गलाई स्वास्थ्य बीमामा अनुदान दिने, वर्थिङ्ग सेन्टरमा सुत्केरी हुने महिलाको प्रोत्साहन भत्ता १ हजार पुर्याउने, गर्भवती महिलालाई सुपानेट झुल दिने पनि तिलोत्तमाको नीति तथा कार्यक्रममा समेटिएको छ ।

शिक्षामा चालु आर्थिक वर्षका सबै कार्यक्रमलाई निरन्तरता दिँदै कम्तिमा ५ वटा सामुदायिक विद्यालयलाई बस खरिदको लागि प्रतिविद्यालय नगद १० लाख विशेष अनुदान उपलब्ध गराइने नीति तथा कार्यक्रम रहेको नगर प्रमुख घिमिरेले बताउनुभयो ।

सोह्र–छत्तीस मूल नहरको सम्भाव्य स्थलमा बहुउपयोगी जलासय निर्माण गरी माछापालन गर्ने, नगरका सम्भाव्य स्थानमा जलासय निर्माण गरी पानी रिचार्ज हुने व्यवस्था मिलाउने, “तिलोत्तमा लगानी सम्मेलन” मा जनाइएको प्रतिबद्धताअनुसार परियोजना कार्यान्वयनको लागि आवश्यक सहजीकरण गर्ने, नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा थप १५० जना युवालाई ४ लाख सम्म सहुलियत ऋण दिने, सुधारिएको आरन पेशामा आवद्ध हुन चाहनेलाई उपकरणमा ८० प्रतिशत अनुदान दिने नगरपालिकाको योजना छ ।

≪ Previous Post

प्रदेश पाँचमा एकैदिन ७ जनाद्वारा आत्महत्या सहित ९ को ज्यान गयो

Next Post ≫

डायलाइसिस सेवा वापत अस्पतालले पाउनुपर्ने रकम तत्काल उपलब्ध गराउ : राजमो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क