Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रदेश पाँचमा एकैदिन ७ जनाद्वारा आत्महत्या सहित ९ को ज्यान गयो
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश पाँचमा एकैदिन ७ जनाद्वारा आत्महत्या सहित ९ को ज्यान गयो

संसारपोस्ट संवाददाता · २३ जेष्ठ २०७७ · 0
प्रदेश पाँचमा एकैदिन ७ जनाद्वारा  आत्महत्या सहित ९ को ज्यान गयो
120
SHARES
ShareTweet


बुटवल २३ जेठ
कोरोनाको माहामारीसंगै प्रदेश ५ मा हरेक दिन जसो आत्महत्या गर्नेको संख्या पनि बढदै गएकोमा विहिवारमात्रै प्रदेशमा विभिन्न कारणले ९ जनाको ज्यान गएको छ । प्रदेशमा एकै दिन ७ जनाले आत्म हत्या गरेका छन भने १ जना आँप टिप्दा लडेर र १ जनालाई मोटसाईकिलले ठक्कर दिदा ज्यान गएको प्रहरीले जनाएको छ ।
पाँच नम्बर प्रदेश प्रहरी कार्यालयले दिएको, जानकारी अनुसार जिल्ला रुपन्देही मर्चवारी गा.पा.३ मधुबनिया बस्ने ओम प्रकाशको छोरा बर्ष १८ को झरमणी यादवले घरदेखी १ कि.मी.पश्चिमतर्फ खेतमा रहेको जमुनाको रुखमा गम्छाको पासो लगाई झुन्डी आत्म हत्या गरेका छन । घटनाकोवारेमा थप अनुसन्धान ई.प्र.का.मर्चवार रुपन्देहीले गरिरहेको छ ।
त्यस्तै रुपन्देही ओमसतिया गा.पा.२ पडसरी बस्ने राम नारायण मिश्रको छोरा बर्ष २० को बिवेक मिश्रले सल्फास नामक बिषादी सेवन गरी आत्म हत्या गरेका छन । विष सेवन पछि उपचारको लागी मेडिकल कलेज भैरहवा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको र व.प्र.का.भैरहवा रुपन्देही बाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
प्रदेशको बर्दिया जिल्ला बढैयाताल गा.पा.४ बस्ने मगरु थारुको छोरा बर्ष ३२ को रामसिंह थारु मृत अवस्थामा फेला परेको छ ।
बुवाको घरमा जान्छु भनी गएकोमा निज राती घरमा नफकेकोे श्रीमतीले खोजतलास गर्दै जाने क्रममा बुवाको टहरोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै बर्दिया ठाकुरबाबा न.पा.१ डुम्रेनी बस्ने बर्ष ४६ को दिपेन्द्र कामीले आफ्नै घरको सुत्ने कोठाको कडीमा नाईनलको डोरीले पासो लगाई झुडिएर आत्म हत्या गरेको प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता राजकुमार वैदवारले बताउनु भयो । विहिवार नै दाङ जिल्लाको तुलसीपुर उ.म.न.पा.२ पोटली बस्ने वर्ष २६ को जगत चौधरीले आफ्नै घरको बिच कोठाको बाँसको बलोमा चुन्नीको पासो लगाई झुण्डी आत्म हत्या गरेका छन ।
गुल्मी जिल्लाको दरबार गा.पा.१ चापपानी बस्ने बल बहादुर थापाको छोरी बर्ष १७ की कबिता थापाले नाम नखुलेको बिष सेवन गरी आत्म हत्या गरेकी छन विष सेवन पछि उपचारको लागि जिल्ला अस्पताल तम्घास पठाएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । घटनाको वारेमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट थप अनुसन्धान भई रहेको छ ।
त्यस्तै दरबार गा.पा.५ भरुवा बस्ने कृष्ण श्रेष्ठको छोरी बर्ष १८ की पुष्पा श्रेष्ठले आफ्नै घरदेखी ४सय मिटर टाढा रहेको चिलाउनिको रुखमा झुडिएर आत्म हत्या गरेकी छन ।
पाल्पा जिल्लाको रामपुर न.पा.१० कुमालगाँउ बस्ने खेम ब.कुमालको छोरा वर्ष १७ को झरना ब.कुमाल आँप टिप्ने क्रममा लडेर मृत्यु भएको छ ।
थोत्रिबारी टारी मुहान भन्ने ठाउमा आपँको रुखमा चढी आपँ झार्ने क्रममा अचानक हाँगा भाचिन गई रुखबाट लडि कुमालको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।
नवलपरासी जिल्लाको पाल्हिनन्दन गा.पा.३ महेशपुर परासी भित्री सडक खण्डमा महेशपुरबाट परासीतर्फ जाँदै गरेको नं.नखुलेको मो.सा.ले पैदलयात्री नाथु प्रसाद गुप्तालाई ठक्कर दिदाँ निजको घटना स्थलमा मृत्यु भएको ५नम्बर प्रहरी कार्यालय तुल्सीपुर दाङले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

≪ Previous Post

प्रेस युनियन रुपन्देहीले गर्यो आफ्ना सदस्यहरुको कोरोना बिमा

Next Post ≫

तिलोत्तमामा नीति तथा कार्यक्रमः कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क