Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रेस युनियन रुपन्देहीले गर्यो आफ्ना सदस्यहरुको कोरोना बिमा
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रेस युनियन रुपन्देहीले गर्यो आफ्ना सदस्यहरुको कोरोना बिमा

संसारपोस्ट संवाददाता · २३ जेष्ठ २०७७ · 0
प्रेस युनियन रुपन्देहीले गर्यो आफ्ना सदस्यहरुको कोरोना बिमा
80
SHARES
ShareTweet

बुटवल, २३ जेठ । नेपाल प्रेस युनियन रुपन्देहीले आफ्ना सदस्यहरुकालागि कोरोना बिमा गराएको छ । युनियनले कोभिड १९ को बढदो जोखिमका बाबजुद फिल्डमा खटिनु पर्ने पत्रकारहरुकालागि प्रतिव्यक्ति रु १ लाख बराबरको कोरोना बिमा गराएको हो ।
नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक तथा पुर्व रक्षामन्त्री बालकृष्ण खाँणको विशेष सहयोगमा फिल्डमा खटिनुपर्ने ६८ जना पत्रकारहरुको कोरोना बिमा गरिएको प्रेस युनियन रुपन्देहीका अध्यक्ष रेखा भुसालले बताउनु भयो । काँग्रेस नेता खाँणले महामारीको समयमा जोखिम बहन गर्दै अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरुको स्वास्थ्य सुरक्षामा सबै गम्भिर हुनु पर्ने बताउनु भयो ।
काँग्रेस संसदिय दलका प्रमुख सचेतक खाँणको सहयोग र नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणको समन्वयमा पहिलो चरणमा कोरोनाको जोखिमलाइ छल्दै जिल्ला भित्रै रहेर बिभिन्न संचार माध्यमहरुमा नियमित काम गर्ने ६८ जनाको कोरोना बिमा गरिएको युनियनका सभापति भुसालले बताउनु भयो । युनियनले आफ्ना सदस्यहरुकालागि आगामी दिनमा पनि चरणबद्ध रुपमा बिमा कार्यक्रमलाइ जारी राखिने जनाएको छ ।
महामारीको समयमा नागरिकलाई सुचना प्रवाह गर्ने काममा खटिने पत्रकारको स्वास्थ्य सुरक्षाको बिषयमा नेपाली काँग्रेस रुपन्देही गम्भिर रहेको सचिव रामकृष्ण खाँणले बताउनु भयो ।
प्रेस युनियन रुपन्देहीले यसअघि पनि आफ्ना सदस्यहरुलाई चरणबद्ध रुपमा न्युनतम स्वास्थ्य सुरक्षा सामाग्री पनि प्रदान गर्दै आएको छ । कोभिड १९ को जोखिमबाट बच्न आवश्यक सावधानी अपनाएर पेशागत भूमिका निर्वाह गर्न युनियनले सम्पुर्ण पत्रकार तथा संचारकर्मीहरुलाइ आग्रह पनि गरेको छ । युनियनले सिद्धार्थ इन्स्युरेन्स लिमिटेड संग पत्रकारहरुको कोरोना विमा गरेको हो ।

≪ Previous Post

कोरोना नियन्त्रण र उपचारको कामलाई अझ प्रभावकारी बनाउने संकट व्यवस्थापन केन्द्रको निर्णय

Next Post ≫

प्रदेश पाँचमा एकैदिन ७ जनाद्वारा आत्महत्या सहित ९ को ज्यान गयो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क