Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा लकडाउन खुकुलो अत्यावश्यक सामानका पसल हरेक दिन खुल्ने
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

बुटवलमा लकडाउन खुकुलो अत्यावश्यक सामानका पसल हरेक दिन खुल्ने

संसारपोस्ट संवाददाता · २३ जेष्ठ २०७७ · 0
बुटवलमा लकडाउन खुकुलो अत्यावश्यक सामानका पसल हरेक दिन खुल्ने
90
SHARES
ShareTweet

बुटवल, २३ जेठ । उद्योगी ब्यवसायीहरुले ब्यापक असन्तुष्टी ब्यक्त गरेपछि बुटवल उपमहानगरपालिकाले लकडाउनलाई आंशिकरुपमा खुकुलो बनाएको छ । यस अघि अत्यावश्यक सामाग्रीहरुका लागि हप्तामा ३ दिन मात्र पसल संचालन गर्ने निर्णय गरेको उपमहागरपालिकाले अत्यावश्यक सामग्री खरिद गर्न साताभरी नै खोल्न पाउने गरी ब्यवस्था गरेको छ ।
बुटवलमा क्रियाशिल उद्योग, ब्यवसाय सम्बद्ध संघ संस्थाहरुसंगको परामर्शपछि उपमहानगरले लकडाउन खुकुलो बनाउने कार्यक्रम सहित नयां निर्णय गरेको नगर प्रमुख शिवराज सुबेदीले जानकारी दिनु भयो ।
उपमहानगरले सार्वजनिक गरेको नयां ब्यवस्था अनुसार आईतबार, मंगलबार र बिहिबार मात्र खुल्ने गरेका खाद्यान्न, तरकारी तथा कृषि कार्यसंग सम्बन्धित मल बिउ, बिषादी जस्ता अत्यावश्यक सामग्रीका पसलहरु अव हरेक दिन बिहान ७ बजेबाट २ बजे सम्म खुल्न पाउने उपमहानगरले ब्यवस्था गरेको छ । उपमहानगरले प्रत्यक्ष उपभोक्ताको सम्पर्क नहुने अत्यावश्यक माल वस्तुको थोक बिक्रीका लागि प्रत्येक दिन १० बजे देखि ३ बजे सम्म खोल्न पाउने ब्यवस्था गरेको छ । उपमहानगरको सुचनामा यस्ता पसलहरु संचालन गर्दा संघिय सरकारले तोकेको माल वस्तु र सामाजिक दुरी कायम गर्न अनिवार्य हुने उल्लेख छ ।
त्यसैगरी दुध तथा दुधजन्य पदार्थ, डेरी जस्ता पसलहरु हरेक दिन बिहान र सांझ ३ घण्टा खुल्ने छन् भने कृषि औजार, मेसिनरी तथा निर्माण सामाग्रीका पसलका लागि हरेक दिन बिहान ९ बजे देखि बेलुका ६ बजेसम्मको समय निर्धारण गरिएको छ । उपमहानगरको सुचनामा बैंक तथा बित्तीय संस्थाहरुले सार्वजनिक बिदाका दिन बाहेक पुर्वत संचालन गर्ने ब्यवस्था गरिएको छ । स्थानीय कृषि उत्पादनहरुले हरेक दिन बिहान ३ घण्टा घरघरमा डुलाएर आफ्नो उत्पादनहरु बेच्न पाउने छन् । यसरी बिक्री हुने तरकारीहरुको स्थानीय पालिकाहरुले स्विकृति दिएको हुनुपर्ने सुचनामा उल्लेख गरिएको छ । उपमहानगरले संघिय सरकारले गरेको निर्णय अनुसार सार्वजनिक सवारी, सिनेमाहल, जिमखाना, नाट्यशाला, फनपार्क, पार्टी प्यालेस, होटल रेष्टुरेण्ट जस्ता भेला जमघट हुन सक्ने ब्यवसायलाई भने पुर्णरुपमा बन्देज लगाएको छ । उपमहानगरले नगरमा रहेका स्कुल, कलेज, ट्युसन सेन्टर जस्ता संस्थाहरुलाई पनि अर्को सुचना जारी नहुंदा सम्म संचालन नगर्न भनेको छ ।
उपमहानगरले यसरी पसल संचालन गर्दा तोकिएको स्वास्थ्य मापदण्ड पालना नगरेको अवस्थामा कुनै पनि बेला पसल बन्द गराउन सकिने चेतावनी समेत सुचना मार्फत सार्वजानिक गरेको छ । सुचनामा उल्लेखित कार्यमा प्रयोग हुने बाहेकका सवारी साधनलाई ट्राफिक प्रहरी मार्फत नियन्त्रण गरिने लेखिएको छ । ब्यवसायीहरुको माग र परिस्थितिको मुल्यांकन गरेर लकडाउनलाई आंशिक खुकुलो पारिएको नगर प्रमुख सुबेदीले जानकारी दिनुभयो ।
लकडाउनको अवधि लम्बिंदै जांदा दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने तथा भाडामा ब्यवसाय गर्ने ब्यवसायीहरुलाई मर्का परेपछि ब्यवसायिक संघ संगठनहरुले लकडाउन खुकुलो बनाउन सम्वन्धित पालिकालाई दबाव दिंदै आएका थिए ।

≪ Previous Post

सर्भिसलेनमा भारतीय गाडीको रजाई सरोकारवाला निकाय मुकदर्शक

Next Post ≫

कोरोना नियन्त्रण र उपचारको कामलाई अझ प्रभावकारी बनाउने संकट व्यवस्थापन केन्द्रको निर्णय

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क