Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सर्भिसलेनमा भारतीय गाडीको रजाई सरोकारवाला निकाय मुकदर्शक
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा सार्वजनिक सुनुवाइ : सडकका खाल्डाखुल्डी नपुर्दा दुर्घटना जोखिम बढेको गुनासो

बुटवलमा सार्वजनिक सुनुवाइ : सडकका...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एमाले रुपन्देहीले भोली बुटवलमा जनप्रदर्शन गर्ने, तयारी तीब्र

एमाले रुपन्देहीले भोली बुटवलमा जनप्रदर्शन...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

सर्भिसलेनमा भारतीय गाडीको रजाई सरोकारवाला निकाय मुकदर्शक

संसारपोस्ट संवाददाता · २२ जेष्ठ २०७७ · 0
सर्भिसलेनमा भारतीय गाडीको रजाई सरोकारवाला निकाय मुकदर्शक
70
SHARES
ShareTweet


बुटवल, २२ जेठ
कोरोना भाईरसका कारण लकडाउनको बेला नेपाली ट्रक लगायत मालबाहक गाडीहरु बन्द भएपनि भारतीय गाडीले भने मालसमान बोकीरहेका छन् ।
लकडाउनको शुरुदेखि अहिलेसम्म भारतीय लामा मालबाहक गाडीहरुले बुटवल भैरहवा लगायतका ठाउँंमा सामान बोकेर आउने गरेका छन् । विशेष गरेर भारतीय १६ चक्के टेलर मालबाहक गाडीहरुले भारतबाट दैनिकजसो बुटवल क्षेत्रमा सामान ल्याउने गरेका छन् ।
नेपाली व्यवसायीका सामान बोकेर आएका भारतीय गाडीले बुटवलको सर्भिसलेन प्रयोग गर्ने गरेका छन् । लकडाउनको मौका छोपेर व्यवसायीले आधा भन्दा बढी भाग सर्भिसलेन प्रयोग गरेर भारतीय गाडीहरु पार्किङ गर्ने गरेका छन् ।
लकडाउनको बेला नेपाली गाडीहरुलाई चल्न नदिएको अवस्थामा पनि बुटवल आएका भारतीय गाडीहरुले सर्भिसलेन प्रयोग गर्दापनि नजिकै रहेको प्रहरी र नगर प्रहरीले कूनै चासो दिएको देखिदैन ।
अतिआवश्यक कामले सामान्य मोटरसाईकल चलाएका नेपाली नागरिकलाई नगर प्रहरी र नेपाल प्रहरीले परिचयपत्र खोज्दै सडकमा रोकेर तिनपुस्ते सोधर अनावश्यक दुख्ख दिने गरेको छ तर लक डाउनको बेलामा दिन दाहाडै भारतीय मालबाहक गाडीहरुलाई निर्वाद रुपमा छोड्ने गरेको प्रहरीले सर्भिसलेन प्रयोग गर्दा पनि मुकदर्शन बन्ने गरेको छ ।
विशेष गरेर भारतीय टेलर गाडीहरुले मार्वल, टायल लगायत घर निर्माणमा प्रयोगहुने सामान बोकेर दैनिकजसो रुपन्देहीको तिलोत्तमा र बुटवल लगायतका क्षेत्रमा आउने गरेका छन् ।
तिनै मार्वल र टायल बोकेका भारतीय गाडीहरुले व्यवसायिक रुपमा सर्भिस लेन प्रयोग गर्ने गरेका छन् ।
विशेष गरेर तिलोत्तमा नगरपालिकाको जानकीनगर आसपास र बुटवलको कालिकानगर क्षेत्रमा मार्वल र टायल बोकेर आएका भारतीय गाडीहरुले आधा भन्दाबढी सर्भिसलेन पार्किङको रुपमा प्रयोग गरेको दृष्य दैनिक रुपमा देख्न सकिन्छ ।
बुटवलको कालिकानरको एक मार्वल पसलले छ लेन सडकको सर्भिस लेनमा भारतीय गाडी दुइ दिनसम्म पार्किङ गरेर लकडाउनको बेला मार्वलको व्यापार गरेको छ ।
यो एउटा उदाहरणको एक पात्र मात्र हो । मार्वल व्यवसायीले लकडाउनको बेलामा लकडाउनको कूनै पनि निर्देशन पालना नगरी सर्भिस लेनलाई पार्किङको रुपमा प्रयोग गर्ने गरेका छन् ।
नेपाली गाडहीहरु रोकेर परिचयपत्र खोज्नमा सक्रिय देखिने प्रहरी भने ठूलाठूला मार्वल बोकेका भारतीय लामा गाडीहरु दुई दिनसम्म सर्भिस लेनमा पार्किङ गर्दापनि देखेपनि नदेखे जस्तै गर्ने गरेको छ ।
लकडाउनको बेला रुपन्देहीको बुटवल क्षेत्रमा एक दुइवटा चलेका नेपाली गाडीलाई भने प्रहरीले कडाई गर्ने गरेको छ । भारतीय गाडीहरुलाई निर्वाद रुपमा चल्न दिएको प्रहरीले नेपाली गाडीहरुलाई कारवाहीसमेत गर्ने गरेको यातायात व्यवसायीको गुनासो रहेको छ । तिलोत्तमाको जानकीनगर र बुटवलको कालिकानगर आसपासमा भारतीय कामदारसहित भारतीय गाडीहरुले सामान झारी रहेको अवस्थामा जनप्रतिनिधि र प्रहरीलाई खवर गर्दा पनि कुनै सुनुवाइ नभएको स्थानीय अग्नी थापाले बताउनु भयो ।

≪ Previous Post

सरकारले दिनु पर्ने पौने ८ करोड नपाए असार देखि डायलाईसिस सेवा बन्द गर्ने मुटु अस्पतालको उदघोष

Next Post ≫

बुटवलमा लकडाउन खुकुलो अत्यावश्यक सामानका पसल हरेक दिन खुल्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क