Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सरकारले दिनु पर्ने पौने ८ करोड नपाए असार देखि डायलाईसिस सेवा बन्द गर्ने मुटु अस्पतालको उदघोष
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सरकारले दिनु पर्ने पौने ८ करोड नपाए असार देखि डायलाईसिस सेवा बन्द गर्ने मुटु अस्पतालको उदघोष

संसारपोस्ट संवाददाता · २२ जेष्ठ २०७७ · 0
सरकारले दिनु पर्ने पौने ८ करोड नपाए असार देखि डायलाईसिस सेवा बन्द गर्ने मुटु अस्पतालको उदघोष
160
SHARES
ShareTweet



बुटवल २२ जेठ
सरकारबाट प्राप्त हुनुपर्ने रकम भुक्तानी नभएको भन्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले मृगौलाका विरामीहरुलाई उपलब्ध गराउंदै आएको डायलाईसिस सेवा बन्द गर्ने भएको छ ।
विपन्न वर्गका नागरिकलाई मृगौलाको डायलाईसिस तथा मुटु, क्यान्सर लगायतका विरामीलाई उपचारमा सहुलियत दिने सरकारको घोषणा अनुरुप मुटु अस्पतालले विगत ४ वर्षदेखि निशुल्क डायलाईसिस सेवा उपलब्ध गराउंदै आएको थियो । विपन्न वर्गका विरामीलाई डायलाईसिस सेवा उपलब्ध गराए वापत अस्पतालले प्राप्त गर्नुपर्ने पौने आठ करोड रकम भुक्तानी हुन नसकेको अस्पतालले जनाएको छ ।
अस्पतालका अध्यक्ष एजाज आलमले स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षको ११ महिनाको पौने ८ करोड रकम भुक्तानी नगर्दा अस्पतालले दिएको डायलाईसिस सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको जानकारी दिनुभयो ।
अध्यक्ष आलमले तिन तहका सरकारका विचमा अस्पतालहरुको नविकरणका विषयमा भएको अलमलका कारण ११ महिना वितिसक्दा पनि रकम निकासा हुन नसकेको बताउनुभयो ।
विपन्न वर्गका नागरिकको लागि नेपाल सरकारले उपचारमा दिने सहुलियतका लागि अस्पताल सूचिकृत भई २०७३ साल पुष १७ गतेदेखि निशुल्क डायलाईसिस सेवा संचालन गर्दै आएको थियो ।
हाल प्रदेश ५ मा साढे ६ सयको हाराहारीमा मृगौलाका विरामी रहेको भएपनि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मात्र साढे ३ सय जना विरामीले निशुल्क डायलाईसिस सेवा लिंदै आएका छन् । त्यो संगै चालु आर्थिक वर्षको ११ महिनामा विपन्न वर्गका २ सय ६३ विरामीले सहुलियतमा मुटुको उपचार सेवा लिएका छन् । तर सरकारबाट भुक्तानी हुनुपर्ने रकम रोकिएका कारण डायलाईसिसको लागि आवश्यक डाइलाईजर, फ्लुड, हेपारिन, ट्युब, फिस्टुला लगायतका सामग्री उपलब्ध गराउंदै आएका सप्लायर्सले समेत उपलब्ध गराउन बन्द गराएपछि असार १ गतेदेखि सेवा बन्द गर्न बाध्य भएको अध्यक्ष आलमले बताउनुभयो ।

≪ Previous Post

पश्चिमाञ्चल यातयात व्यवसायी समितिद्धारा व्यवसायीलाई ५२ लाख राहात सहयोग

Next Post ≫

सर्भिसलेनमा भारतीय गाडीको रजाई सरोकारवाला निकाय मुकदर्शक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क