Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कोरोनावाट प्रभावित जनतालाई उत्पादनमा जोडने गरि वजेट विनियोजन गर्न प्रदेश सदस्यहरुको जोड
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोनावाट प्रभावित जनतालाई उत्पादनमा जोडने गरि वजेट विनियोजन गर्न प्रदेश सदस्यहरुको जोड

संसारपोस्ट संवाददाता · १७ जेष्ठ २०७७ · 0
कोरोनावाट प्रभावित जनतालाई उत्पादनमा जोडने गरि वजेट विनियोजन गर्न प्रदेश सदस्यहरुको जोड
120
SHARES
ShareTweet


बुटवल १७ जेठ
प्रदेश ५ को प्रदेश सभामा शनिवार आर्थिक वर्ष २०७७ को विनीयोजन विधेयक माथिको छलफलमा सहभागि प्रदेश सदस्यहरुले कोरोनावाट प्रभावित जनतालाई उत्पादनमा जोडने गरि वजेट विनियोजन गर्न माग गरेका छन ।
प्रदेश सदस्यहरुले वैदेशिक रोजगारीवाट फर्केका युवालाई केन्द्रमा राखेर कृषिलाई आत्मनिर्भर र उत्पादनमा ज्ञारेन्टी हुने गरि वजेट निर्माण गर्न जोड दिनु भयो ।
सभामा प्रदेश सदस्य कमलराज श्रेष्ठले वजेटमा कृषिलाई प्राथमिकता दिएर ल्याउन सुझाव दिनु भयो ।
उहाँले आत्मनिर्भर अर्थतन्त्रमा केन्द्रित भए वजेट ल्याउनु माग गर्नु भयो ।
प्रदेश सदस्य चेतनारायण आर्चायले ककोरोनाका कारण विदेशवाट फर्केका युवालाई स्वरोजगार वनाउने र उत्पादनमा जोडने गरि वजेट ल्याउन माग गर्नु भयो ।
स्वास्थ्य सेवालाई प्रभावारी र आमनागरिकको सहज पहुचमा हुने गरि प्रदेश सरकारले वजेट तर्जुमा गर्नु पर्नेमा जोड दिनु भयो । कृषिलाई प्राथमिता दिदै गर्दा सिचाईलाई ध्यान दिन जरुरी रहेको उल्ल्ेख गर्नु भयो ।
प्रदेश सदस्य कल्पना पाण्डेले कोरोना महामारीको अवस्थामा ल्याउन लागिएको वजेट राम्रो भए पनि कार्यान्वय प्रति शां रहने गरेको गुनासो गर्नु भयो । उहाँले जनतालाई ढुक्क हुने अवस्थाा नभएको र विना योजना उदारोमा आश्वसन दिने काम नर्गन आग्रह गर्नु भयो ।
सदस्य पाण्डेले प्रदेशमा भ्रष्टार बढेको र सरकार जिम्मेवार हुन नसकेको जिकिर गर्नु भयो । परिणाममुखी वजेटमा जोड दिनु भयो ।
प्रदेश सदस्य हरि प्रसाद रिजाल आर्थिक उपाजन र खर्च कटौतीमा जोड दिन माग गर्नु भयो । बैदेशिक रेमिटयान्स रोकिएको अवस्थामा बैदेशिक रोजगारवाट फर्केका अध्यदक्ष्य जनशक्तिलाई तालिम प्रदान गरि दक्ष्य वनाउने र उत्पादनमा जोडने गरि वजेट बनाउन माग गर्नु भयो । जिल्लागत हिसावले उत्पादनलाई विविधिकरण गर्ने गरि वजेट विनियोजन निर्माण गर्न माग गर्नु भयो ।
प्रदेश सदस्य फखरुद्दिन खानले राष्ट्रियता र राष्ट्रवाद प्रतेक नेपालीको सास्वत अधिकार हो । उहाँले कोरोनाले गर्दा हामी ठप्प भयो भन्ने कुरा गलत भएको भन्दै कोरोनालाई देखाएर प्रदेश सरकार उम्कन खोज्नुले असमर्थताको संज्ञा दिनु भयो । प्रदेश सरकार केन्द्रको मुख ताकेर बस्दा कोरोनाले भयाभह वनाएको गुनासो गर्नु भयो । किसानलाई लक्षित वजेट ल्याउन माग समेत गर्नु भयो ।
प्रदेश सदस्य सन्तोष कुमार पाण्डेले जनतालाई सितलता प्रदान दिने शब्दले मात्र हुदैन भन्दै सिद्धान्त ,कामनाले पुग्दैन व्यवहारमा देखिने गरि कार्य योजना सहितको वजेट ल्याउन माग गर्नु भयो ।
कोरोना महामारीसंग जुध्न हरेक तहका जनप्रतिनिधीले सेवाभावले काम गर्न माग गर्नु भयो । राजधानी र प्रदेशको नामाकरण छिटो तय गर्न सदस्य पाण्डेले माग गर्नु भयो ।
प्रदेश सदस्य ईन्द्रजित थारुले कोरोनाले आत्म निर्भर अर्थतन्त्रको अर्थव्यवस्था वनाउन आत्मवल मिलेकोले त्यसैलाई रणनैतिक योजनामा समाबेश गरि योजना र वजेट तयार गर्न माग गर्नु भयो । शिक्षामा राज्यको दाईत्व हो भन्ने विषयलाई ध्यान दिन पनि उहाँले आग्रह गर्नु भयो ।
प्रदेश सदस्य तारा जिसीले मिडियालाई धन्यवाद दिन कन्जुसायी किन गरियो भनी प्रति प्रश्न गर्नु भयो । उहाँले सामजवाद उन्मुखराज्य बेवस्था भने पनि योजना विहिन भएर कसरी सफल बनाउन सकिन्छ त्यसमा ध्यान दिन माग गर्नु भयो । प्रदेश सदस्य सुरेन्द्र बहादुर हमालले, वजेट प्रदेशका जनताको भविस्यसंग जोडिएकोले किसान मजदुर, उद्योगि व्यापारी र बैदेशिक रोजगारीवाट फर्केका युवायुवतीलाई केन्द्रमा राखेर वजेट वनाउन माग गर्नु भयो ।
प्रदेश सदस्य भोज प्रसाद श्रेष्ठ प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा आधारित वजेट तर्जुमा गर्न जोड दिनु भयो ।
प्रदेश सदस्य निर्मला क्षेत्रीले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर वजेट वनाउन माग गर्नु भयो । भारतवाट आउने तरकारी फलफुललाई प्रतिवन्द्ध गर्न माग गर्नु भयो । उहाँले वनमा हुने चोरी पैठारी नियन्त्रणका लागि कार्यक्रम संचालन गर्ने गरि वजेट ल्याउन माग गर्नु भयो । प्रदेश सरकारले कोरोना संक्रमितको स्वाब परिक्षणका लागि उपरण प्रयाप्त रुपमा व्यवस्था गर्न माग पनि गर्नु भयो । विरालो सेतो वा कालोले अर्थ राख्दैन मुसा मार्नुपरयो भने झै वजेटमा पनि सोही विषयलाई ध्यान दिन जरुरी रहेको उल्लेख गर्नु भयो ।
सभामा प्रदेश सदस्य दिपेन्द्र प्रसाद अधिकारीले, खडक बहादुर खत्र्री, कृष्ण ध्वज खडका लगायतले वजेट समसामयीक विषयमा र कोरोनावाट प्रभावितमा वजेट केन्द्रित वनाउन माग गर्नु भयो ।

≪ Previous Post

कोरोनाविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाऊ : जनमुक्ति पार्टी

Next Post ≫

तिलोत्तमा क्वारेन्टाईनमा लोकदोहारी प्रतिष्ठानको सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क