बुटवल १७ जेठ
प्रदेश ५ को प्रदेश सभामा शनिवार आर्थिक वर्ष २०७७ को विनीयोजन विधेयक माथिको छलफलमा सहभागि प्रदेश सदस्यहरुले कोरोनावाट प्रभावित जनतालाई उत्पादनमा जोडने गरि वजेट विनियोजन गर्न माग गरेका छन ।
प्रदेश सदस्यहरुले वैदेशिक रोजगारीवाट फर्केका युवालाई केन्द्रमा राखेर कृषिलाई आत्मनिर्भर र उत्पादनमा ज्ञारेन्टी हुने गरि वजेट निर्माण गर्न जोड दिनु भयो ।
सभामा प्रदेश सदस्य कमलराज श्रेष्ठले वजेटमा कृषिलाई प्राथमिकता दिएर ल्याउन सुझाव दिनु भयो ।
उहाँले आत्मनिर्भर अर्थतन्त्रमा केन्द्रित भए वजेट ल्याउनु माग गर्नु भयो ।
प्रदेश सदस्य चेतनारायण आर्चायले ककोरोनाका कारण विदेशवाट फर्केका युवालाई स्वरोजगार वनाउने र उत्पादनमा जोडने गरि वजेट ल्याउन माग गर्नु भयो ।
स्वास्थ्य सेवालाई प्रभावारी र आमनागरिकको सहज पहुचमा हुने गरि प्रदेश सरकारले वजेट तर्जुमा गर्नु पर्नेमा जोड दिनु भयो । कृषिलाई प्राथमिता दिदै गर्दा सिचाईलाई ध्यान दिन जरुरी रहेको उल्ल्ेख गर्नु भयो ।
प्रदेश सदस्य कल्पना पाण्डेले कोरोना महामारीको अवस्थामा ल्याउन लागिएको वजेट राम्रो भए पनि कार्यान्वय प्रति शां रहने गरेको गुनासो गर्नु भयो । उहाँले जनतालाई ढुक्क हुने अवस्थाा नभएको र विना योजना उदारोमा आश्वसन दिने काम नर्गन आग्रह गर्नु भयो ।
सदस्य पाण्डेले प्रदेशमा भ्रष्टार बढेको र सरकार जिम्मेवार हुन नसकेको जिकिर गर्नु भयो । परिणाममुखी वजेटमा जोड दिनु भयो ।
प्रदेश सदस्य हरि प्रसाद रिजाल आर्थिक उपाजन र खर्च कटौतीमा जोड दिन माग गर्नु भयो । बैदेशिक रेमिटयान्स रोकिएको अवस्थामा बैदेशिक रोजगारवाट फर्केका अध्यदक्ष्य जनशक्तिलाई तालिम प्रदान गरि दक्ष्य वनाउने र उत्पादनमा जोडने गरि वजेट बनाउन माग गर्नु भयो । जिल्लागत हिसावले उत्पादनलाई विविधिकरण गर्ने गरि वजेट विनियोजन निर्माण गर्न माग गर्नु भयो ।
प्रदेश सदस्य फखरुद्दिन खानले राष्ट्रियता र राष्ट्रवाद प्रतेक नेपालीको सास्वत अधिकार हो । उहाँले कोरोनाले गर्दा हामी ठप्प भयो भन्ने कुरा गलत भएको भन्दै कोरोनालाई देखाएर प्रदेश सरकार उम्कन खोज्नुले असमर्थताको संज्ञा दिनु भयो । प्रदेश सरकार केन्द्रको मुख ताकेर बस्दा कोरोनाले भयाभह वनाएको गुनासो गर्नु भयो । किसानलाई लक्षित वजेट ल्याउन माग समेत गर्नु भयो ।
प्रदेश सदस्य सन्तोष कुमार पाण्डेले जनतालाई सितलता प्रदान दिने शब्दले मात्र हुदैन भन्दै सिद्धान्त ,कामनाले पुग्दैन व्यवहारमा देखिने गरि कार्य योजना सहितको वजेट ल्याउन माग गर्नु भयो ।
कोरोना महामारीसंग जुध्न हरेक तहका जनप्रतिनिधीले सेवाभावले काम गर्न माग गर्नु भयो । राजधानी र प्रदेशको नामाकरण छिटो तय गर्न सदस्य पाण्डेले माग गर्नु भयो ।
प्रदेश सदस्य ईन्द्रजित थारुले कोरोनाले आत्म निर्भर अर्थतन्त्रको अर्थव्यवस्था वनाउन आत्मवल मिलेकोले त्यसैलाई रणनैतिक योजनामा समाबेश गरि योजना र वजेट तयार गर्न माग गर्नु भयो । शिक्षामा राज्यको दाईत्व हो भन्ने विषयलाई ध्यान दिन पनि उहाँले आग्रह गर्नु भयो ।
प्रदेश सदस्य तारा जिसीले मिडियालाई धन्यवाद दिन कन्जुसायी किन गरियो भनी प्रति प्रश्न गर्नु भयो । उहाँले सामजवाद उन्मुखराज्य बेवस्था भने पनि योजना विहिन भएर कसरी सफल बनाउन सकिन्छ त्यसमा ध्यान दिन माग गर्नु भयो । प्रदेश सदस्य सुरेन्द्र बहादुर हमालले, वजेट प्रदेशका जनताको भविस्यसंग जोडिएकोले किसान मजदुर, उद्योगि व्यापारी र बैदेशिक रोजगारीवाट फर्केका युवायुवतीलाई केन्द्रमा राखेर वजेट वनाउन माग गर्नु भयो ।
प्रदेश सदस्य भोज प्रसाद श्रेष्ठ प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा आधारित वजेट तर्जुमा गर्न जोड दिनु भयो ।
प्रदेश सदस्य निर्मला क्षेत्रीले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर वजेट वनाउन माग गर्नु भयो । भारतवाट आउने तरकारी फलफुललाई प्रतिवन्द्ध गर्न माग गर्नु भयो । उहाँले वनमा हुने चोरी पैठारी नियन्त्रणका लागि कार्यक्रम संचालन गर्ने गरि वजेट ल्याउन माग गर्नु भयो । प्रदेश सरकारले कोरोना संक्रमितको स्वाब परिक्षणका लागि उपरण प्रयाप्त रुपमा व्यवस्था गर्न माग पनि गर्नु भयो । विरालो सेतो वा कालोले अर्थ राख्दैन मुसा मार्नुपरयो भने झै वजेटमा पनि सोही विषयलाई ध्यान दिन जरुरी रहेको उल्लेख गर्नु भयो ।
सभामा प्रदेश सदस्य दिपेन्द्र प्रसाद अधिकारीले, खडक बहादुर खत्र्री, कृष्ण ध्वज खडका लगायतले वजेट समसामयीक विषयमा र कोरोनावाट प्रभावितमा वजेट केन्द्रित वनाउन माग गर्नु भयो ।
