Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कोरोनाविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाऊ : जनमुक्ति पार्टी
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

कोरोनाविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाऊ : जनमुक्ति पार्टी

संसारपोस्ट संवाददाता · १७ जेष्ठ २०७७ · 0
कोरोनाविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाऊ : जनमुक्ति पार्टी
80
SHARES
ShareTweet

बुटवल, १७ जेठ । राष्ट्रिय जनमुक्ति पार्टीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाएर काम गर्न सरकारसंग माग गरेको छ । कोरोना महामारीविरुद्ध लड्न सरकार एक्लैले सम्भव नहुने भन्दै जनमुक्तिले संसदमा रहेका र संसद बाहिरका सबै दललाई समेटेर केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्रमार्फत काम गर्नुपर्ने माग गरेको हो । पार्टी निकट राष्ट्रिय जनमुक्ति युवा महासंघले शनिबार बुटवलमा गरेको अन्तरक्रियामा पार्टीका उपमहासचिव टोप अस्लामी मगरले सरकारले आफ्ना कमजोरी र बद्मासीहरु ढाकछोप गर्दै कोरोना विरुद्ध लड्न एक्लै सक्षम भएजस्तो गरी लकडाउन मात्रै लम्बाएर विपक्षी दल र आम जनतालाई वशीभूत बनाएको आरोप लगाउनुभयो । सरकारले कोरोना महामारीलाई एक्लै नियन्त्रण र उपचार गर्न सक्छु भन्ने मानसिकता त्यागेर सबै दलको साथ लिनुपर्ने उहांको सुझाव छ । ‘कोरोना महामारीमा मात्र हैन, अन्य महामारीमा पनि सर्वदलीय संयन्त्र बनाएर काम गर्नुपर्छ’–अस्लामीले भन्नुभयो–‘कतिपय देशमा त सर्वदलीय सरकार बनाएर नै महामारीविरुद्ध लड्ने गरिएको छ ।’ कोरोना जित्ने विकल्प लकडाउन वा मृत्यु नै हो भने जस्तो गरी लकडाउन मात्रै लम्बाउंदै सरकार अघि बढ्दा जनतामा निराशा छाउन थालेको र जनजीवन कष्टकर हुन थालेको भन्दै उपमहासचिव अस्लामीले तत्काल सर्वदलीय संयन्त्र बनाएर अघि बढ्न आग्रह गर्नुभयो । ‘सर्वदलीय संयन्त्र बनाइयो भने मात्रै कोरोना विरुद्धको लडाईमा सबै पक्षको अपनत्व हुन्छ र नागरिकमा आशा जाग्छ’–उहांले भन्नुभयो–‘सर्वदलीय संयन्त्र नहुंदा राहत वितरणमा अनियमितता र अपारदर्शीता देखिएको छ, सत्तारुढ दलका कार्यकर्ताले पहुंचको आधारमा राहत पाउने र पाउनैपर्ने लक्षित वर्गले नपाएको अवस्था पनि छ ।’ महामारीको बेलामा पनि एक्लै अघि बढ्ने र विपक्षी दलहरुलाई साथमा लिएर अघि नबढ्ने सरकारको रवैयाले जनतालाई नैराश्यतातिर धकेलेको उपमहासचिव अस्लामीले तर्क गर्नुभयो । दुई महिना लामो लकडाउनमा पनि सरकारले पर्याप्त तयारी गर्न नसकेको र लकडाउनबाट प्रभावित ठूलो संख्यामा श्रमिक र विपन्न वर्गलाई राहत आवश्यक भएपनि सरकारको ध्यान जान नसकेको उहांले औंल्याउनु भयो ।
कोरोनाबाट आतंकित हुन नहुने, संक्रमितलाई आत्मीय व्यवहार सबैले गर्नुपर्ने, व्यक्तिगत दूरी कायम गरेर आफ्ना दैनिक जीवन सञ्चालन गर्नुपर्ने र आत्मबल उच्च बनाएमा कोरोनालाई जित्न सकिन्छ भन्ने कुरा आम जनतामा फैलाउन पनि सर्वदलीय संयन्त्र प्रभावकारी हुने उहांले औंल्याउनु भयो ।

मुख्यमन्त्रीले भेट नै दिएनन्

कोरोना विरुद्धको लडाईमा सरकारलाई साथ दिने उद्देश्यले पार्टीले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसंग भेट गरेर कुरा राख्न खोजेपनि मुख्यमन्त्रीले बेवास्ता गरेको जनमुक्ति पार्टीका उपमहासचिव अस्लामीले दावी गर्नुभयो । ‘प्रदेश प्रमुख र सभामुखसंग भेटेर कुरा राख्यौं तर मुख्यमन्त्रीले भेट्नै चाहनुभएन’–उहांले भन्नुभयो–‘मुख्यमन्त्री हाम्रो पार्टीसंग छलफल गर्न तयार नहुने, अरुका कुरा नसुन्ने अनि भारतबाट आएका आफ्ना नागरिकलाई मात्रै दोष लगाएर कोरोना नियन्त्रण हुन्छ त ?’

सय जनाको एन्टी कोरोना टिम

जनमुक्ति युवा महासंघका प्रदेश ५ अध्यक्ष डीबी थापाले कोरोना नियन्त्रण र उपचारमा सघाउ पुु¥याउन पार्टीले सय जनाको एन्टी कोरोना टिम बनाएर काम गर्न थालेको बताउनु भयो । प्रदेश सरकारले बेवास्ता गरेपनि पार्टीले स्वयंसेवकका रुपमा सय जनाको टिम बनाएर प्रदेशका बाह्रै जिल्लामा जनचेतना र राहतका काम गर्ने तयारीमा रहेको उहांले बताउनु भयो ।
कार्यक्रममा जनमुक्ति पार्टीका युवा नेता शंकर गाहा, जनमुक्ति युवा महासंघ प्रदेश ५ की सचिव इन्दु थापा, पार्टीका बुटवल नगर अध्यक्ष थर्कबहादुर बाह्रघरे, संघीय पत्रकार परिषदका केन्द्रीय सचिव सनु थापा लगाायतको सहभागिता थियो । सो अवसरमा जनमुक्ति युवा महासंघले पत्रकारहरुलाई स्यानिटाइजर प्रदान गरेको थियो ।

≪ Previous Post

जनमुक्ति पार्टीको माग:कोरोनाविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाऊ

Next Post ≫

कोरोनावाट प्रभावित जनतालाई उत्पादनमा जोडने गरि वजेट विनियोजन गर्न प्रदेश सदस्यहरुको जोड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क