Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ फिचर ≫ नेपाली काँग्रेसको नियमावली पारित, परिमार्जन गर्ने शर्त
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली काँग्रेसको नियमावली पारित, परिमार्जन गर्ने शर्त

संसारपोस्ट संवाददाता · ३० असार २०७६ · 0
नेपाली काँग्रेसको नियमावली पारित, परिमार्जन गर्ने शर्त
70
SHARES
ShareTweet


काठमाडौं, ३० असार । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठकमा उठेका विवादलाई पछि सहमतिमा परिमार्जन गर्ने गरी पार्टी नियमावली पारित गरेको छ । असार २२ गते देखि पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले मस्यौदामाथि उठेका असन्तुष्टिलाई पछि समेट्ने गरी नियमावली सर्वम्मतिले पारित गरेको हो । बैठकले केन्द्रीय सदस्यहरूका सुझाव समेट्न मस्यौदा समितिलाई पुनः निर्देशन दिएको छ ।
नियमावलीको नियम २७ को (च) मा ‘पार्टीको नीति, सिद्धान्तमा आघात पर्ने वा पार्टीको मान प्रतिष्ठा र इज्जतमा आँच पुग्ने खालका सार्वजनिक अभिव्यक्ति दिएमा वा कुनै पनि माध्यमबाट लेख, रचना वा अन्य सामग्री प्रकाशित गरेमा’ अनुशासनको उल्लंघनमा कारबाही हुने व्यवस्था गरिएको छ । उक्त व्यवस्थाप्रति संस्थापन इतर पक्षले विमत्ति जनाएको हो ।
आइतबारको बैठकमा २१ जना केन्द्रीय सदस्यले नियमावलीका प्रावधानमा आफ्नो धारणा राख्नुभएको थियो । यसअघि शुक्रबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसिहत १८ जनाले आफ्नो धारण राख्नुभएको थियो ।
केन्द्रीय समिति बैठकमा लेबी, अनुशासनको कारबाहीमा कडा प्रावधान, भातृ संस्थामा पार्टीका अनावश्यक हस्तक्षेप र प्रशिक्षण प्रतिष्ठानलाई समानान्तर शैलीमा चलाउन खोजेको जस्ता विषयमा केन्द्रीय सदस्यहरूले फरक–फरक धारणा व्यक्त गर्नुभएको थियो ।
यसैबीच, अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिलाई मध्यनजर राख्दै केन्द्रीय समिति बैठक साउन ७ गतेसम्मलाई स्थगित गरी उद्धार र राहतमा समर्पित हुने निर्णय काँग्रेसले गरेको छ ।

≪ Previous Post

बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ६५ पुग्यो

Next Post ≫

समुन्नत प्रदेश निर्माणकालागि स्वरोजगार सृजना ः मन्त्री केसी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क