Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा मिडिया क्लवमा आवद्ध पत्रकारहरुको कोरोना बीमा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा मिडिया क्लवमा आवद्ध पत्रकारहरुको कोरोना बीमा

संसारपोस्ट संवाददाता · ८ जेष्ठ २०७७ · 0
तिलोत्तमा मिडिया क्लवमा आवद्ध पत्रकारहरुको कोरोना बीमा
70
SHARES
ShareTweet

तिलोत्तमा, ८ जेठ । तिलोत्तमा मिडिया क्लब रुपन्देहीले तिलोत्तमा नगर क्षेत्रमा क्रियाशिल पत्रकारका लागि कोरोना बीमा गरेको छ । अजोड इन्सुरेन्स (बीमा) कम्पनीसँग क्लबमा आवद्ध सबै पत्रकारहरुको कोरोना बीमा गरिएको क्लवका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।
क्लवले यसका लागि तिलोत्तमा नगरपालिकासँग सहकार्य गरी कोरोना बीमाको प्रक्रिया अघि बढाएको थियोे । कोरोना भाइरसको महामारीका बेला पत्रकारहरुले अग्रभागमा रहेर काम गर्ने र उनीहरुमा संक्रमणको जोखिम हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै कोरोना बीमा गरिएकोे क्लवका उपाध्यक्ष बीपी गौतमले बताउनुभयो ।
बीमा गरेको १५ दिनपछि कुनै पत्रकारलाई कोरोना संक्रमण भेटिएमा बीमा कम्पनीले एक लाख दिने कम्पनीका भैरहवा शाखा प्रवन्धक प्रकाश शर्माले जानकारी गराउनु भयो । कोरोना परीक्षण गर्दा पिसिआर माध्यमबाट गराएको रिपोर्टका आधारमा बीमा रकम दावी गरेको अवस्थामा इन्सुरेन्स कम्पनीले रकम भुक्तान गर्ने कम्पनीले जानकारी दिएको छ । “बीमाको अवधि एक वर्ष हुनेछ । बीमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा बीमा रकम प्राप्त गर्न सकिनेछ”–शर्माले भन्नुभयो । क्लवका सचिव टिआर शर्माका अनुसार जोखिमपूर्ण पत्रकारिता गर्ने दौरानमा पत्रकारलाई अझ जिम्मेवार भएर अगाडि बढ्न हौसला थप्ने गरी बीमा गरिएको हो ।

≪ Previous Post

देवदह नगरपालिकाद्धारा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, एम्वुलेन्स चालक र प्रहरीगरि २३१ जनाको कोरोना बिमा

Next Post ≫

अपाङ्गता भएका र एकल महिलाको भत्ता नरोक : नेपाली काँग्रेस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क