Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अपाङ्गता भएका र एकल महिलाको भत्ता नरोक : नेपाली काँग्रेस
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अपाङ्गता भएका र एकल महिलाको भत्ता नरोक : नेपाली काँग्रेस

संसारपोस्ट संवाददाता · ८ जेष्ठ २०७७ · 0
अपाङ्गता भएका र एकल महिलाको भत्ता नरोक : नेपाली काँग्रेस
100
SHARES
ShareTweet

काठमाडौं, ८ जेठ । अपाङ्गता भएका र एकल महिलालाई दिईदै आएको सामाजिक सुरक्षा भत्ता हाल वितरण नगर्ने सरकारको निर्णयप्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।
सरकारले अतिअशक्त, अपाङ्गता भएका व्यक्ति एवं ६० वर्ष मुनीका असहाय एकल महिलाहरुलाई विगतमा दिँदै आएको सामाजिक सुरक्षा भत्ता हाल वितरण नगर्ने निर्णय गरेपछि काँगे्रसले निर्णयप्रति आपत्ति जनाउदै भत्ता नरोक्न माग गरेको छ ।
नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गरी अशक्त, अपाङ्गता भएका व्यक्ति र असहाय नेपाली नागरिकले सामाजिक सुरक्षाको हकबाट वञ्चित रहनुपर्ने छैन भन्ने नेपालको संविधानमा प्रावधान रहेकाले सामाजिक सुरक्षा भत्ता रोक्नु कानून र नियमविपरित भएको बताउनु भएको छ ।
‘कोरोना महामारीबाट प्रताडित भइरहेको विषम अवस्थामा अतिअशक्त, अपाङ्ग तथा असहाय एकल महिलाहरुको भत्ता रोकिनु भनेको अत्यन्त अमानवीय कार्य हो ।’ विज्ञप्तिमा भनिएको छ । नेता खाँणले विज्ञप्ति मार्फत सरकारद्वारा गरिएको गैर जिम्मेवार निर्णयलाई तत्काल खारेज गरी अविलम्व सामाजिक सुरक्षा भत्ता वितरण गर्न नेपाली काँग्रेस संसदीय दल जोडदार माग गर्दछ भन्नुभएको छ ।

≪ Previous Post

तिलोत्तमा मिडिया क्लवमा आवद्ध पत्रकारहरुको कोरोना बीमा

Next Post ≫

कोरोना संक्रमित गुल्मीका पुरुषको मृत्यु , उचित क्षतिपुर्ति विना अस्पतालवाट सव नउठाउने परिवारको अडान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क