बुटवल, ८ जेठ
रूपन्देहीको तिलोत्तमा नगरपालिका ५ मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ निवासी ४१ बर्षिय पुरुषको मृत्यु भएको छ ।
उनको आज (विहिबार) विहान मृत्यु भएको प्रदेश ५ सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले पुष्टि गर्नुभयो । डा. चौधरीका अनुसार बिहीबार बिहान ७ बजेर १० मिनेट जाँदा उनको मृत्यु भएको हो ।
क्रिमसन अस्पतालमा जेठ १ गतेदेखि उपचार गरिरहेका ति पुरुषमा ५ गते कोरोना पोजेटिभ देखिएको थियो । जण्डिस, रुघा र ज्वरो आएका उनमा कोरोनाको आशंकामा जेठ २ गते स्वाब निकालेर प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला भैरहवा रुपन्देहीमा परीक्षण गरिएकोमा जेठ ५ गते कोरोना पोजेटिभ देखिएको थियो । उनमाको क्रिमसन अस्पतालकै आइसियु कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भैरहेको थियो ।
ज्वरो आएपछि मदानेकै पुर्कोट दहस्थित मदाने पोलिक्लिनिकमा स्वास्थ्य जाँच गराएका उनी त्यहाँ सञ्चो नभएपछि साथीसंग मोटरसाइकलमा अर्घाखाँचीको सन्धिखर्कस्थित छायाँ पोलिक्लिनिकमा पुगेका थिए । उनको स्वास्थ्यमा जटिलता देखिएको र त्यहाँ उपचार सम्भव नहुने भन्दै सो पोलिक्लिनिकले उनलाई मणिग्रामको क्रिमसन अस्पताल रिफर गरेको थियो । त्यसपछि उनी बुटवलबाट गएको एम्वुलेन्समा क्रिमसन अस्पताल आएका थिए ।
उनको मृत्यु नहुंदै बुधबार प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल र तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेलाई उद्धृत गर्दै विभिन्न अनलाईन, सञ्चारमाध्यम र सामाजिक संजालमा संक्रमितको मृत्यु भएको भन्ने समाचार प्रकाशित भएका थिए । मृत्यु नहुदै मृत्युको समाचार प्रकाशन भएपछि अस्पताल प्रशासनले बुधवार दिउसो विज्ञप्ति जारी गरी समाचारहरुको खण्डन गर्दै संक्रमित बिरामीको मृत्यु नभएको तर अवस्था गम्भीर रहेको प्रष्ट पारेको थियो ।
यसैविच प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोना भाइरस संक्रमण भई मणिग्राम स्थित क्रिमसन अस्पतालको सघन उपचार कक्षको भेण्टिलेटरमा उपचाररत गुल्मी मदाने गाउँपालिका ६ निवासी ४१ ब्र्षिय शिक्षकको विहिबार विहान दुःखद निधन भएको वताउनु भएको छ । मृतक प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै मन्त्री बरालले अनेकौं प्रयाश गर्दा पनि उहांलाई बचाउन नसकिएको भन्दै दुःख ब्यक्त गर्नुभएको छ ।
विद्यालयका प्रधानाध्यापक रहेका शिक्षकको निधनले शिक्षा क्षेत्रमा अपुरणीय क्षती पुगेको र यस दुःखद घडीमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना ब्यक्त गरिएको छ ।
गुल्मीका युवाको मृत्यु संगै नेपालमा कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि कोरोना संक्रमित सिन्धुपाल्चोककी सुत्केरी महिला र बाँकेको क्वारेन्टाईनमा रहेका पुरुषको मृत्यु भएको थियो । कोरोना संक्रमितवाट मृत्यु भएका शिक्षकका आफन्तले सरकारको कमजोरीका कारण ज्यान गएको भन्दै उचित क्षेतिपुर्ति विना अस्पतालवाट सव नउठाउन माग गरेका छन ।
अस्पतालमा विरामीलाई सहयोग गदै आउनु भएका र अहिले अस्पतालमै शिलमा रहेका सहोदर भाई मिन बहादुर कुंवर, सालो विष्णु बहादुर वली र छिमेकी खिम बहादुर कुवरले टेलिफोनवाट राहत विना सव नउठाउने अडान माग राख्दै सरकारले कोरोना संक्रमण पछि उपचारमा संबेदनशिल नहुदाँ मृत्यु भएको दावि गदै सरकारको गैरजिम्मेवारी पना, अस्पतालको कमजोरी नै मृत्युको कारण भएको आरोप उहाँहरुको छ ।
जेठ १ गते विहान अस्पतालमा चिया विस्कुट खाएका विरामीको सोही दिन रोगको पहिचान विना ढाँडवाट पानी निकाले पछि अन्तिम अवस्थासम्म विरामी अचेत रहनु अस्पतालको कमजोरी भएको दावि भाई मिन बहादुरको रहेको छ । त्यतिमात्र नभई मृत्यु नहुदै अस्पतालका संचालकले मरेको सुचना सार्वजनिक गर्ने कार्यले पनि गम्भिर षडयन्त्र भएको परिवार जनको कथन रहेको छ ।
