
काठमाण्डौ, ११ फागुन । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्योदेबी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ । दुई महिना लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले सर्वसम्मत रूपमा संसद विघटन गर्ने निर्णय बदर गरेको हो । आज साँझ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुनाउनुभएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ । […]