Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ श्रमिक र व्यवस्थापनपक्षको सम्बन्ध नङ र मासुको हुनु पर्नेमा जोड
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

श्रमिक र व्यवस्थापनपक्षको सम्बन्ध नङ र मासुको हुनु पर्नेमा जोड

संसारपोस्ट संवाददाता · १५ बैशाख २०८१ · 0
श्रमिक र व्यवस्थापनपक्षको सम्बन्ध नङ र मासुको हुनु पर्नेमा जोड
100
SHARES
ShareTweet

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा कार्यरत स्वतन्त्र कर्मचारी युनियनको १० औ वार्षिक साधारण सभा तथा ७ औ अधिबेशनमा वोल्नेहरुले श्रमिक र व्यवस्थापनपक्षको सम्बन्ध नङ र मासुको हुनु पर्नेमा जोड दिएका छन् । कुनै पनि संघ संस्थालाई सफल बनाउने हात भनेको कर्मचारीको हुने भएकाले हरेक संघ संस्थाका संचालकहरुले कर्मचारीलाई खुशी वनाउन आबश्यक रहेको पनि उनीहरुले औल्याए । कार्यक्रममा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष टीकाराम गौतमले विगत देखि नै संस्था र कर्मचारी संगको सम्बन्ध सुमधुर रहदै आएको र आगामी दिनमा पनि त्यसलाई थप प्रगाढ बनाउदै लैजाने धारणा राख्नु भयो ।
श्रम कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाद खनालले श्रमिक र व्यवस्थापनपक्ष मिलेर अघि बढेमा हरेक व्यवसायिक प्रतिष्ठान सफलहुने धारणा राख्नु भयो । कर्मचारीको भूमिकालाई उच्च सम्मानका साथ प्राथमिकता दिन सुझाव दिनु भयो । पश्चिमाञ्चल यातायात व्यवसायी समितीका निर्वतमान अध्यक्ष यम प्रसाद पाण्डेले कर्मचारीहरुनै संघ संस्थाको पिल्लर भएकाले उनीहरुलाई निजामती कर्मचारी सरह सेवा सुविधा दिदै आएको धारणा राख्नु भयो
पश्चिमाञ्चल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष कमल घिमिरे, महासचिव खिमबहादुर थापाले संचालकहरु फेरिदै जाने र कर्मचारी भनेका स्थायी हुने भएकाले कर्मचारीको भूमिका महत्वपूर्ण हुने धारणा राख्नु भयो । व्यवस्थापनपक्ष र कर्मचारी बीचको सम्बन्ध नङ र माुसको रहनु पर्नेमा उहांहरुले जोड दिनु भयो । कार्यक्रममा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका कार्यालय प्रमुख बाबुराम अधिकारी र स्वतन्त्र कर्मचारी युनियनका पूर्व अध्यक्ष प्रकाश गैरेले कर्मचारी र व्यवस्थापनपक्ष बीचको सम्बन्धलाई थप प्रगाढ बनाउदै समितिको विधिविधान र नीति नियमलाई आत्मसाथ गरेर अगाडी बढ्दा कसैलाई पनि समस्या नहुने धारणा राख्नु भयो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
यसैविच स्वतन्त्र कर्मचारी युनियनको अधिबेशनवाट हिम्मत आचार्यको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । समितिको प्रथम उपाध्यक्षमा राम प्रसाद गौतम, द्वित्तीय उपाध्यक्षमा राम थापा, सचिवमा भूमिमाया राना, सह सचिवमा पदम पाण्डे र कोषाध्यक्षमा विबश वस्याल चयन हुनुभएको निर्वाचन समितिका संयोजक प्रकाश गैरेले बताउनु भयो । त्यस्तै सदस्यमा क्षेत्र बहादुर गुरुङ, विष्णुमाया भुसाल, अनिल श्रेष्ठ, गोपाल चापागाई र चित्रबहादुर थापा चयन हुनुभएको छ ।

≪ Previous Post

शिक्षक संघद्वारा शिक्षकहरुलाई अभिमुखिकरण

Next Post ≫

घट्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य : पेट्रोलमा ७ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ घट्यो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क