Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ आज देशैभर बढी पानी पर्ने प्रक्षेपण, न्यूनचापीय रेखा नेपालको अझै नजिक
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

आज देशैभर बढी पानी पर्ने प्रक्षेपण, न्यूनचापीय रेखा नेपालको अझै नजिक

संसारपोस्ट संवाददाता · २७ श्रावण २०८० · 0
आज देशैभर बढी पानी पर्ने प्रक्षेपण, न्यूनचापीय रेखा नेपालको अझै नजिक
110
SHARES
ShareTweet

काठमाडौं । आज दिउँसोदेखि अझै धेरै पानी पर्ने मौसमविदले बताएका छन् । पानी पर्ने क्रम सोमबारसम्मै जारी रहने जल तथा मौसम विज्ञान विभाग,मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको र भारत उत्तरप्रदेशको बिहार आसपासमा न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले अघिल्ला दिनको तुलनामा बढी पानी पर्ने प्रक्षेपण छ । पानी पार्ने न्यूनचापीय रेखा नेपालको अझै नजिक सर्ने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछानेले आज दिउँसोदेखि पानी पर्ने क्रम झन् बढ्ने बताउनुभएको छ । आगामी सोमबारसम्मै देशभर पूर्ण बदली हुने र पानी पर्ने पूर्वानुमान गरिएको उनको भनाइ छ ।
गएरातिदेखि देशैभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती प्रदेशको नुवाकोटस्थित ककनी जलमापन केन्द्रमा भने ६ घण्टाको अवधिमा भारी वर्षा रेकर्ड भएको छ । अन्य स्थानमा भने हल्कादेखि मध्यम वर्षा भएको छ । गत २४ घण्टाको अवधिमा भने कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा पनि भारी वर्षा मापन भएको छ ।
‘आज दिउँसोतिर पानी पर्ने क्रम अझै बढ्ने नै देखिन्छ,’ मौसमविद लामिछानेले भन्नुभयो–‘आइतबार र सोमबार अझै धेरै पानी पर्ने सम्भावना छ ।’
अहिले सातै प्रदेशमा सामान्यदेखि पूर्णतया बदलीको अवस्था छ । यस्तो अवस्था सोमबारसम्मै रहने सम्भावना छ । आज राति र भोलि भारीदेखि र धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसमविद लामिछानेले जानकारी दिनुभयो ।
आज राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यसैगरी भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज देशका अधिकांश नदीहरुको बहाव उल्लेख्य बढ्ने जनाएको छ । भोलि बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, भेरी र महाकाली नदी तथा यी नदीका सहायक नदी तथा खोलाहरुको बाढी सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ ।
त्यसैले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार नै विशेष बुलेटिन जारी गर्दै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।

≪ Previous Post

आज अन्तर्राष्ट्रिय युवा दिवस : रोजगारीको अवसर नहुंदा लाखौँ युवा विदेशिन बाध्य

Next Post ≫

बुटवलको कालिकानगरमा गुडिरहेको ट्रकमा  आगोलागी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क