Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आज अन्तर्राष्ट्रिय युवा दिवस : रोजगारीको अवसर नहुंदा लाखौँ युवा विदेशिन बाध्य
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज अन्तर्राष्ट्रिय युवा दिवस : रोजगारीको अवसर नहुंदा लाखौँ युवा विदेशिन बाध्य

संसारपोस्ट संवाददाता · २७ श्रावण २०८० · 0
आज अन्तर्राष्ट्रिय युवा दिवस : रोजगारीको अवसर नहुंदा लाखौँ युवा विदेशिन बाध्य
120
SHARES
ShareTweet

काठमाण्डौ । आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा यस वर्ष ‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ ः नवप्रवर्तन र उद्यमशीलतामा हरित सिप विकास’ भन्ने नाराकासाथ सप्ताहव्यापी रुपमा मनाउने कार्यक्रम छ ।
युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि विश्वभर युवा दिवस मनाउन थालिएको हो ।
नेपालमा भने युवासँग काम गर्ने संघसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । दिवस मनाउन थालिएपछि युवाका मुद्दा केही सम्बोधन हुन थाले पनि युवाका मुख्य समस्या शिक्षा, स्वास्थ्य र रोजगारीमा प्रभावकारी सुधार हुन सकेको छैन ।
रोजगार बनाउनका लागि सरकारले विभिन्न कार्यक्रम ल्याए पनि ती प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेका छैनन् । देशमा रोजगारी र स्वरोजगारमुखी कार्यक्रम नहुँदा लाखौँ युवा विदेशिनु परेको छ । सरकारले युवाका क्षेत्रमा काम गर्नका लागि २०७२ फागुनमा राष्ट्रिय युवा परिषद् गठन गरेको छ । प्रदेश, जिल्ला र पालिकामा पनि युवाका संरचना तयार गरिएका छन् ।
यस्तै, संविधानमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रुपमा राखिएको छ । तर युवाका पक्षमा भएका नीति, नियम, कानुन र कार्यक्रम प्रभावकारी कार्यान्वयनमा समस्या देखिएकाले युवाका खास मुद्दा सम्बोधन हुन नसकेको गुनासो छ ।
देशमा युवा दिवस मनाईरहला रोजगारी र अध्ययनका लागि युवाहरूको विदेश पलायन बढ्दो क्रममा रहेको छ ।

≪ Previous Post

पश्चिम नवलपरासीको प्रतापपुरमा विद्यार्थी र प्रहरीबीच झडप, ७ प्रहरीसहित ११ जना घाइते

Next Post ≫

आज देशैभर बढी पानी पर्ने प्रक्षेपण, न्यूनचापीय रेखा नेपालको अझै नजिक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क