Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पश्चिम नवलपरासीको प्रतापपुरमा विद्यार्थी र प्रहरीबीच झडप, ७ प्रहरीसहित ११ जना घाइते
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पश्चिम नवलपरासीको प्रतापपुरमा विद्यार्थी र प्रहरीबीच झडप, ७ प्रहरीसहित ११ जना घाइते

संसारपोस्ट संवाददाता · २५ श्रावण २०८० · 0
पश्चिम नवलपरासीको प्रतापपुरमा विद्यार्थी र प्रहरीबीच झडप, ७ प्रहरीसहित ११ जना घाइते
120
SHARES
ShareTweet

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुरस्थित त्रिभुवन क्याम्पसका विद्यार्थी र प्रहरीबीच झडप हुंदा ७ प्रहरी सहित ११ जना घाइते भएका छन् ।
त्रिभुवन क्याम्पस बेलाटारीका विद्यार्थी र प्रहरी बीच विहिबार दिउँसो झडप भएको हो । प्रतापपुर गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्न गएका विद्यार्थी र प्रहरीबीच झडप हुँदा प्रहरी सहित विद्यार्थीहरु घाइते भएका हुन् ।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले ५ राउण्ड अश्रु ग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) भोजराज पाण्डेयले जानकारी दिनुभयो । झडपमा प्रहरी निरीक्षकसहित ७ प्रहरी घाइते भएका पान्डेयले बताउनुभयो ।
घाइते विद्यार्थीबारे प्रहरीले यकिन नगरेपनि बेलाटारी क्याम्पसका क्याम्पस प्रमुख मनोजधर द्विवेदीले चारजना विद्यार्थी घाइते भएको जानकारी गराउनु भयो । विद्यार्थीले ढुंगामुढा गर्दै पार्किङमा रहेका सवारी साधनमा तोडफोड गर्न थालेपछि आश्रुग्याँस हान्नुपरेको प्रहरीको जिकिर छ । सो क्रममा पार्किङमा रहेको एउटा कारको सीसा फुटेको छ ।
त्रिभुवन माविले त्रिभुवन क्याम्पसमा कक्षा ११ र १२ को दिवा कक्षा सञ्चालनका लागि कक्षाकोठा माग गरेपछि विवाद सुरु भएको हो । दिउँसोमा कक्षा कोठा उपलब्ध गराउन नसक्ने क्याम्पस प्रशासनको अडानपछि बुधवार प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको निर्देशनमा त्रिभुवन क्याम्पसमा विद्यार्थीहरुले लगाएको ताला केही जनप्रतिनिधिको रोहवरमा नगर प्रहरीले तोडेको थियो ।
बिहीबार त्यसैको विरोधमा त्रिभुवन क्याम्पसमा अध्ययनरत विद्यार्ती गाउँपालिकामा तालाबन्दी गर्न गएपछि प्रहरीसंग झडप भएको थियो ।
त्रिभुवन माविले नयाँ भवन निर्माणको चरणमा रहेकाले केही समयका लागि दिउँसोमा कक्षा सञ्चालन गर्न दिन क्याम्पससँग आग्रह गरेपनि क्याम्पसले क्युएए प्राप्तिको प्रक्रियामा रहेको बताउँदै त्रिभुवन विश्वविद्यालयको मापदण्ड अनुरुप कक्षाकोठा उपलब्ध गराउन नसक्ने जवाफ दिएपछि विवाद उत्कर्षमा पुगेको हो ।
त्रिभुवन मावि र त्रिभुवन क्याम्पस प्रतापपुर ९ बेलाटारी एकै स्थानमा रहेका छन् ।

≪ Previous Post

नेबिसंघ असन्तुष्ट समूहले आज पार्टी सभापति देउवा निवास घेर्ने

Next Post ≫

आज अन्तर्राष्ट्रिय युवा दिवस : रोजगारीको अवसर नहुंदा लाखौँ युवा विदेशिन बाध्य

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क