बुटवल । बुटवलको कालिकानगरमा गुडिरहेको ट्रकमा आगो लागेको छ । कालिकानगरको कालिका पेट्रोल पम्प अगाडी सोमबार दिउंसो करिव पौने २ वजेतिर उक्त ट्रकमा आगो लागेको हो ।
सिद्दार्थ राजमार्गको पश्चिम तर्फ पेट्रोल पम्प अगाडि सर्भिसलेनबाट बुटवलतर्फ जांदै गरेको अवस्थामा प्रदेश २– ०३–१११ ख २५११ नम्बरको ट्रकमा एक्कासी आगोलागी भएको हो । ट्रकमा आगो लागेपछि स्थानीय, प्रहरी र सडक यात्रीले पानी प्रयोग गरेर आगो निभाएका हुन् । आगो नियन्त्रणमा आइसके पछि बुटवल उपमहानगरपालिकाको दमकल आएको थियो ।
आगोलागिबाट ट्रकको अगाडिको भागमा पुरै क्षती भएपनि मानवीय क्षती भने नभएको प्रहरीले जानकारी गराएको छ ।