Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलका निजी तथा संस्थागत विद्यालयहरूको शुल्क निर्धारण
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

बुटवलका निजी तथा संस्थागत विद्यालयहरूको शुल्क निर्धारण

संसारपोस्ट संवाददाता · ३० श्रावण २०८० · 0
बुटवलका निजी तथा संस्थागत विद्यालयहरूको  शुल्क निर्धारण
80
SHARES
ShareTweet

बुटवल । बुटवल उपमहानगरपालिकाले बुटवल क्षेत्रका निजी तथा संस्थागत विद्यालयहरूले लिने शुल्क निर्धारण गरेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले निजी विद्यालयहरूले अभिभावकहरूबाट लिने मासिक शुल्क, भर्ना,  प्रयोगशाला र बसको नयाँ भाडादर निर्धारण गरेको हो ।

निर्धारण गरिएको शुल्क सोमबार  राजपत्रमा प्रकाशित गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी गराउनु भयो ।

पन्थिका अनुसार बुटवल उपमहानगरपालिकाको नेतृत्वमा अभिभावक, निजी विद्यालयका छाता संगठनका संस्थाहरूसँग छलफल गरेर नयाँ शुल्क निर्धारण गरिएको हो ।

नयाँ मापदण्डअनुसार चालु शैक्षिक सत्रमा ‘ग’ श्रेणीमा रहेको निजी विद्यालयले पूर्वप्राथमिक तहका लागि मासिक शुल्क २ हजार, ‘ख’ ले २४ सय र ‘क’ ले बढीमा २७ सय ५० रुपैयाँमात्र मासिक शुल्क लिन पाउनेछन् । यस्तै प्राथमिक तहमा कक्षा १ देखि ५ सम्म ‘ग’ वर्गका विद्यालयले २२ सय, ‘ख’ ले २६ सय र ‘क’ वर्गको विद्यालयले ३ हजार रुपैयाँसम्म शुल्क लिन पाउने मापदण्ड उपमहानगरपालिकाले बनाएको छ । यस्तै निमावि तहमा कक्षा ६ देखि ८ सम्म ‘ग’ वर्गका विद्यालयले २६ सय, ‘ख’ वर्गले ३ हजार र ‘क’ ले ३३ सय मासिक शुल्क लिन पाउनेछन् । यस्तै माध्यमिक विद्यालयका लागि ग, ख र क वर्गका लागि क्रमश: ३२ सय, ३६ सय र ४२ सय शुल्क निर्धारण गरिएको छ भने कक्षा ११ र १२ को लागि ग, ख र क वर्गका लागि त्रमशः ३५ सय, ४१ सय र ४७ सय शुल्क निर्धारण गरेको छ ।

त्यस्तै मावि ११ र १२ मा विज्ञान विषयका लागि मासिक शुल्क बढीमा ४७ सय, ५ हजार र ५२ सय लिन पाउनेछन् । यस्तै व्यवस्थापनतर्फ, क्रमशः ४३ सय, ४७ सय र ५ हजार शुल्क निर्धारण गरिएको  छ ।

उपमहानगरपालिकाले निर्धारण गरेको नयाँ शुल्क साउन महिनादेखि नै कार्यान्वयनमा आउने र तोकिएको भन्दा बढी शुल्क लिएको भए अर्को महिनाको शुल्कमा मिलान गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताउनुभयो ।

उपमहानगपालिकाले २०७६ सालमा बनाएको शुल्कसम्बन्धी मापदण्डभन्दा चरम शुल्क असुलेको गुनासो अभिभावकहरूले गरेका थिए । त्यसपछि बुटवल उपमहानगरपालिकाले एक कार्यदल गठन गरी यस विषयमा अध्ययन गरेको थियो । अध्ययनअनुसार बुटवलका निजी तथा संस्थागत विद्यालयहरूले तोकिएको मापदण्डभन्दा ३० देखि ७३ प्रतिशतसम्म शुल्क असुल्ने गरेको पाइएको उपमहानगरले जनाएको छ ।

≪ Previous Post

बुटवलको कालिकानगरमा गुडिरहेको ट्रकमा  आगोलागी

Next Post ≫

मुगु जीप दुर्घटना, मृत्यु हुनेको संख्या ५ पुग्यो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क