Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ आजको मौसम : पाँच प्रदेशका केही ठाउँमा ठूलो वर्षा र नदीमा पानीको बहाव बढ्ने सम्भावना
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आजको मौसम : पाँच प्रदेशका केही ठाउँमा ठूलो वर्षा र नदीमा पानीको बहाव बढ्ने सम्भावना

संसारपोस्ट संवाददाता · ८ भाद्र २०८० · 0
आजको मौसम : पाँच प्रदेशका केही ठाउँमा ठूलो वर्षा र नदीमा पानीको बहाव बढ्ने सम्भावना
150
SHARES
ShareTweet

काठमाण्डौ । आज पनि लुम्बिनीसहित गण्डकी,बाग्मती, कोशी र मधेस प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
यी ठाउँमा बाढी पहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।
गएराति पनि धेरै ठाउँमा पानी परेको थियो । केही ठाउँमा अहिले पनि पर्दैछ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा भने अहिले पानी पर्न रोकिएको छ । केहीबेर मौसम खुले जस्तो भए पनि फेरि पानी पर्ने अनुमान छ ।
गत सोमवारदेखि लगातारजसो पानी परिरहेको छ । भोलिदेखि भने पानी पर्ने क्रम बिस्तारै कम हुँदै जाने मौसमविद्को भनाइ छ ।
यस्तै देशका अधिकांश सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । केही जिल्लामा बाढीको उच्च जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज सप्तकोसी, सुनकोसी, तमोर, दूधकोसी, कमला, वाग्मती र महाकाली नदीको जलसतहले सतर्कता तह पार गर्ने पूर्वानुमान छ ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटमा बाढीको उच्च जोखिम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तै, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा र रुपन्देही भई बहने केही साना नदीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान छ ।
आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, रसुवा, नुवाकोट, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, दाङ, डोटी, डडेलधुरा र दार्चुला भई बहने केही साना नदीमा समेत बहाव बढ्न सक्ने पूर्वानुमान छ ।

≪ Previous Post

ललिता निवास जग्गा हिनामिना प्रकरण :सीआईबीले बुझायो सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिबेदन

Next Post ≫

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोद्वारा ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने चारजना व्यक्ति पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क