Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोद्वारा ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने चारजना व्यक्ति पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोद्वारा ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने चारजना व्यक्ति पक्राउ

संसारपोस्ट संवाददाता · ९ भाद्र २०८० · 0
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोद्वारा ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने चारजना व्यक्ति पक्राउ
150
SHARES
ShareTweet

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइवी)ले ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गएको जेठ १२ गते जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं. २ बस्ने यदुराज थापाको छोरी बर्ष २५ कि सबित्रा थापा, जिल्ला उदयपुर, त्रियुगा नगरपालिका वडा नं. ३ बस्ने तिलक बहादुर कार्कीको छोरा कृष्ण कार्की र जिल्ला काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका वडा नं. १ मथुरापाटी बस्ने बर्ष ३० को पोखनाथ सत्यालको छोरा राजन सत्याल एक साथ नेपालबाट सिजनल भिषामा बैदेशिक रोजगारको सिलसिलामा सर्बिया गएका थिए ।
सर्बियामा चित्तबुझ्दो रोजगार तथा तलब सुविधा नपाएको कारण पुनः लुकी छिपी ग्रीस प्रवेश गर्ने क्रममा हिन्दी भाषा बोल्ने अपरिचित पाकिस्तानी भन्ने खुल्न आएका व्यक्ति तथा निजको सहयोगी समेतले अपहरण गरी, डोरीले बाधी शाररिक तथा मानसिक यातना र डर त्रास देखाई, ज्यान मार्ने धम्की दिई पीडितहरूको नेपालमा रहेका परिवारहरूसंग १५ हजार युरो (पन्ध्र हजार) फिरौती माग गरेको भनि पीडितका आफन्तहरूले सीआइवीमा दिएको लिखित निबेदनका आधारमा प्रहरीले यस घटनाको अनुसन्धान गरेको थियो ।
ग्रिस तथा दुवईबाट ह्वाट्सएप मार्फत पीडितका परिवारहरूलाई सम्पर्क गरी रू २१ लाख ७५ हजार (एकाईस लाख पचहत्तर हजार) नेपालमा फिरौती रकम लिने र घटनामा संलग्न व्यक्तिहरूलाई प्रहरीले यही भदौ २ गते काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ८ गौरिघाट डेरा कोठाबाट फिरौती रकम समेत बरामद गरी पक्राउ गरेको थियो । यस्तै ग्रीसमा बन्धक बनाई राखेका पिडितहरू समेतलाई सकुशल उद्दार गर्न नेपाल प्रहरी सफल भएको छ । प्रहरीका अनुसार पक्राउ भएका व्यक्तिहरूलाई अपहरण तथा शरिर बन्धक मुद्धामा म्याद लिई थप अनुसन्धान भईरहेको छ ।
घटनामा संलग्न नेपालमा फिरौती रकम लिने जिल्ला धनकुटा साविक लेगुवा गा.वि.स. वडा नं. ७ घर भई हाल परिवर्तित महालक्ष्मी नगरपालिका वडा नं. ५ बस्ने बर्ष ३२ को शिव राज कुँवर, जिल्ला काठमाण्डौ तार्केश्चर–५ कुमालटार बस्ने बर्ष ५६ बर्ष रामेश्वर अर्याल, जिल्ला कपिलबस्तु शिवराज नगरपालिका वडा नं. १ घर भई हाल बैदेशिक रोजगारको सिलसिलामा दुवई बस्ने बर्ष ३२ को प्रकाश बेलबासे र जिल्ला पर्वत, फलेवास नगरपालिका वडा नं. १ शंखपोखरी बस्ने बर्ष ४२ को दिल बहादुर थापालाई प्रहरीले पक्राउ गर्न सफ भएको छ ।
प्रहरीले नेपालमा फिरौती रकम लिने कुँवरलाई भदौ २ गते काठामाडौं गौरीघाटबाट, नेपालमा फिरौती लिएको रकम शिवराज कँवरसंग लिन सम्पर्क भएको ब्यक्ति अर्याललाई भदौ ३ गते तार्केश्वरबाट, दुबईबाट नेपालमा शिवराज कुँवरलाई फिरौती रकम लिन लगाउने तथा रामेश्वर अर्याललाई रकम दिनु भन्ने बेलवासेलाई भदौ ६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट र दुवईमा प्रकाश बेलबासेलाई रकम नेपालको रामेश्वर अर्याललाई दिनु भनी सम्पर्क नम्बर दिने दिलबहादुर थापालाई भदौ ६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पक्राउ गरेको हो ।
साथै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले बैदेशिक रोजगारीको लागी बिदेश जादाँ नेपाल सरकारको श्रम स्वीकृती भएको देशहरूमा मात्र आवश्यक कानुनी प्रकिया पुरा गरी मात्र जान आम नागरिकमा अनुरोध गरेको छ । हालका दिनहरूमा यस्ता घटनाबाट धेरै नेपाली दाजुभाई दिदि वहिनीहरू पिडित भएकोले गैर कानुनी रूपमा बिदेश जाँदा हुन जाने यस्ता घटनाको अनुसन्धान तथा उद्दार गर्न जटिल रहेको समेत केन्द्रीय अनुसन्धान व्यूरोले सुचित गराएको छ ।

≪ Previous Post

आजको मौसम : पाँच प्रदेशका केही ठाउँमा ठूलो वर्षा र नदीमा पानीको बहाव बढ्ने सम्भावना

Next Post ≫

धरानमा सम्भावित हिंसा रोक्न २४ घण्टे निषेधाज्ञा जारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क