Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ धरानमा सम्भावित हिंसा रोक्न २४ घण्टे निषेधाज्ञा जारी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

धरानमा सम्भावित हिंसा रोक्न २४ घण्टे निषेधाज्ञा जारी

संसारपोस्ट संवाददाता · ९ भाद्र २०८० · 0
धरानमा सम्भावित हिंसा रोक्न २४ घण्टे निषेधाज्ञा जारी
80
SHARES
ShareTweet

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा जातीय र धार्मिक तनाव बढिरहेका बेला सम्भावित हिंसा रोक्न २४ घण्टे निषेधाज्ञा जारी गरेको छ । केही दिन अघि धरानमा गोरु काटेर मासु खाएको विषयलाई लिएर हिन्दु र गैरहिन्दु समुदायबीच द्वन्द्व हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यलयल सुनसरीले एक सूचना प्रकाशित गरी धरान उपमाहनगरपालिका क्षेत्रमा धार्मिक, साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशिलतालाई समेत ध्यानमा राखी निषेधाज्ञा जारी गरिएको जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार गएराति १२ बजेदेखि आजराति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।
हिन्दु र गैरहिन्दु दुवै पक्षले आज विरोधका कार्यक्रम आयोजना गरेपछि थप द्वन्द्व सिर्जना नहोस् भन्नका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी गराउनु भयो । निषेधाज्ञामा अत्यावश्यक बाहेक कुनै पनि धार्मिक, सामाजिक, राजनैतिक सभा तथा ¥याली गर्न नपाइने भनिएको छ । अहिलेसम्म निषेधाज्ञा पूर्णरूपमा पालना भएको र सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) तथा प्रवक्ता राजकुमार राईले जानकारी दिनुभयो ।
प्रवक्ता राईका अनुसार धरानको शान्तिसुरक्षा मजबुत बनाउन प्रत्येक गौडा र मुख्य बजार क्षेत्रमा पर्याप्त प्रहरी परिचालन गरिएको छ ।

≪ Previous Post

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोद्वारा ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने चारजना व्यक्ति पक्राउ

Next Post ≫

आज बुटवलमा समाजवादी मोर्चाको सन्देश सभा, प्रधानमन्त्री प्रचण्डसहितका नेताले सम्बोधन गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क