Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ आज बुटवलमा समाजवादी मोर्चाको सन्देश सभा, प्रधानमन्त्री प्रचण्डसहितका नेताले सम्बोधन गर्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज बुटवलमा समाजवादी मोर्चाको सन्देश सभा, प्रधानमन्त्री प्रचण्डसहितका नेताले सम्बोधन गर्ने

संसारपोस्ट संवाददाता · १२ भाद्र २०८० · 0
आज बुटवलमा समाजवादी मोर्चाको सन्देश सभा, प्रधानमन्त्री प्रचण्डसहितका नेताले सम्बोधन गर्ने
110
SHARES
ShareTweet

बुटवल । समाजवादी मोर्चाले आज दिउँसो बुटवलमा सन्देश सभा गर्दै छ । मोर्चाले मंगलबार (आज) दिउँसो १ बजे बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सन्देश सभाको आयोजना गरेको छ ।सभाको व्यवस्थापन नेकपा माओवादीले गरिरहेको छ ।
सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादीका नेत्रविक्रम चन्दले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव नआउने भएपछि केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राजकिशोर यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपाका नेता मनिकर कार्कीले जानकारी दिनुभयो ।
मोर्चाले आज लुम्बिनी प्रदेशको बुटवल, भदौ १३ गते सुदूरपश्चिमको धनगढी, भदौ १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, भदौ २३ गते वाग्मतीको हेटौंडा र भदौ २५ गते कोशीको विराटनगरमा सभा गर्ने निर्णय गरिसकेको नेकपा माओवादीका पोलिट्ब्युरो सदस्य बसन्त श्रेष्ठले जानकारी गराउनु भयो ।
यसअघि मोर्चाले यही भदौ ८ गते मधेश प्रदेशको वीरगन्जमा घोषणा सभा गरिसकेको छ ।

≪ Previous Post

धरानमा सम्भावित हिंसा रोक्न २४ घण्टे निषेधाज्ञा जारी

Next Post ≫

दुर्घटना न्यूनिकरणका लागि सवारी ब्यबस्थापन तथा चालक प्रशिक्षण कार्यक्रम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क