Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ दुर्घटना न्यूनिकरणका लागि सवारी ब्यबस्थापन तथा चालक प्रशिक्षण कार्यक्रम
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दुर्घटना न्यूनिकरणका लागि सवारी ब्यबस्थापन तथा चालक प्रशिक्षण कार्यक्रम

संसारपोस्ट संवाददाता · १२ भाद्र २०८० · 0
दुर्घटना न्यूनिकरणका लागि सवारी ब्यबस्थापन तथा चालक प्रशिक्षण कार्यक्रम
90
SHARES
ShareTweet

बुटवल । मानिसको लापरवाही कै कारण सवारी दुर्घटना बढेको र बर्षेनी धनजनको क्षति हुने गरेको सरोकारवाला निकायका प्रतिनिधीहरुले दावी गरेका छन् । पछिल्लो समय सवारी दुर्घटना बढ्नुका साथै ठुलो परिमाणमा धनजनको क्षति भएको भन्दै सरोकारवालाले चिन्ता ब्यक्त गरेका हुन् ।
पश्चिम नेपाल बस ब्यबसायी प्रालिद्धारा आयोजित सवारी दुर्घटना न्यूनिकरण तथा आन्तरिक ब्यबस्थापन बिषयक चालक तथा सहचालक प्रशिक्षण कार्यक्रममा सहभागिहरुले सवारी दुर्घटनाबाट कयौंले ज्यान गुमाएका छन् भने कयौं गम्भिर घाईते भै उपचारकै क्रममा रहेको बताएका छन् । पश्चिम नेपाल बस ब्यबसायी प्रालिका अनुसार सडक दुर्घटनामा सवारी साधनतर्फ पनि करोडौं रकम बराबरको क्षति पनि भएको छ ।
कार्यक्रममा सहभागिहरुले अधिकांश दुर्घटनाको मुख्य कारक चालकको लापरवाही, यात्रुको लापरवाही र सडकको दुरावस्थानै सवारी दुर्घटना र धनजनको क्षतिको मुख्य कारण रहेको ट्राफिक प्रहरी, यातायात ब्यबसायी, मजदुरहरुका नेता र पत्रकारहरुले जिकिर गरेका छन् ।
प्रशिक्षण कार्यक्रममा सहजीकरण गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा सवारी ब्यबस्थापन कार्यालय बुटवलका वरिष्ठ सहायक निरिक्षक नारद कार्कीले मानविय लापरवाही, सवारीमा यान्त्रिक गडबडी, जिर्ण सडक र प्राकृतिक प्रकोपका कारण दुर्घटना र धनजनको क्षति हुने गरेको बताउनु भयो । मानिसको जिवन बचाउनु नै महत्वपुर्ण कुरा भएकोले लापरवाही नगर्न र मानिसको जिवन के हो भनेर मनन् गर्न समेत कार्कीले आग्रह गर्नुभएको छ ।
पश्चिम नेपाल बस ब्यबसायी प्रालिका संचालक तथा सवारी दुर्घटना न्यूनिकरण तथा आन्तरिक ब्यबस्थापन समितिका संयोजक नारायण प्रसाद घिमिरेले सवारी चालक तथा सहचालकहरुले आफ्नो सिप कला र दक्षता बढाउनुका साथै यात्रुहरुसँगको ब्यबहारमा सुधार ल्याउनु पर्ने कुरामा जोड दिनु भयो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सदस्य कृष्ण कंडेलले यातायात मजदुरहरुले पेशाप्रति जिम्मेवार भएर काम गर्न आग्रह गर्दै अधिकारका लागि एकताबद्ध भएर अघि बढ्न पनि सुझाव दिनुभयो ।
नेपाल यातायात मजदुर संघ रुपन्देहीका अध्यक्ष नरबहादुर रजाली, सवारी दुर्घटना न्यूनिकरण तथा आन्तरिक ब्यबस्थापन समितिका सचिव जितेन्द्र खत्री, पत्रकार हरिश ढकाल, चालकहरु पृथ्वीनारायण श्रेष्ठ, राजु चौधरी लगाएतले दुर्घटना न्यूनिकरण र सवारी ब्यबस्थापनका लागि जनचेतनामुलक कार्यक्रमहरु पनि निरन्तर जारी राख्नुपर्ने आवश्यक्ता औंल्याउनु भएको थियो । करिब २५ सय बसहरु संचालनमा रहेको पश्चिम नेपाल बस बयवसायी प्रालिले हरेक शुक्रबार चालक तथा सहचालकहरुका लागि प्रशिक्षण कार्यक्रम संचालन गर्दै आएको छ ।

≪ Previous Post

आज बुटवलमा समाजवादी मोर्चाको सन्देश सभा, प्रधानमन्त्री प्रचण्डसहितका नेताले सम्बोधन गर्ने

Next Post ≫

पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो जीप पुर्दा ३ जनाको मृत्यु, ८ जना घाइते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क