काठमाडौं, २४ बैशाख । सरकारले जारी लकडाउन १० दिन थप गरेको छ । आज (बुधवार) बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
गएको चैत ११ गतेबाट सुरु भएको लकडाउन पटक पटक थप हुँदै पछिल्लो पटक थप गरिएको म्याद भोली (विहीबार) बैशाख २५ गते सकिदैछ ।
मंगलबार प्रधानमन्त्री समेतको उपस्थितिमा बसेको कोरोना संक्रमण नियन्त्रण उच्चस्तरीय समितिको बैठकले संक्रमण रोकथामका लागि जारी लकडाउन उपयुक्त भएको निश्कर्ष निकालेको थियो । लकडाउनकै बीच नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ भने २२ जना निको भएर अस्पतालवाट डिस्चार्ज भएका छन् ।
