Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीको कञ्चन गाउपालिकामा हरेक दुई महिनामा १ जनाद्धारा आत्महत्या
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको कञ्चन गाउपालिकामा हरेक दुई महिनामा १ जनाद्धारा आत्महत्या

संसारपोस्ट संवाददाता · १४ बैशाख २०७७ · 0
रुपन्देहीको कञ्चन गाउपालिकामा हरेक दुई महिनामा १ जनाद्धारा आत्महत्या
90
SHARES
ShareTweet

बुटवल १४ बैशाख
रुपन्देहीको कञ्चन गाउपालिकामा आत्म हत्या गर्ने क्रम बढेको छ ।
शनिवार एकजना बृद्धले आत्महत्या गरेसंगै कञ्चनमा गत साउन देखि यता यसरी आत्महत्या गर्नेको संख्या ५ पुगेको प्रहरीले जनाएको छ ।
७९ बर्षिय होम बहादुर थापाले थकालीचौकमा रहेको आफ्नै घर पछाडीको आँंपको रुखमा नाइनलको डोरीले घाँंटीमा पासो लगाई आत्म हत्या गरेको इलाका प्रहरी कार्यालय सालझण्डीले जानकारी दिएको छ ।
शुक्रवार दिनभरी घर वरिपरी सफा गरेको र सांँझ परिवारंगै खाना खाएर सुतेका मृतक थापाले शनिवार बिहान आत्म हत्या कसरी किन गरे भन्ने बारे कुनै जानकारी नभएको मृतकका परिवारले जनाएका छन ।
कञ्चन ३ हरैया स्थित आफ्नै जेठो छोरा बुहारीको घरमा बस्दै आएका मृतक थापा सदा झैं शनिवार विहान पनि अन्दाजी ४ बजेतिर घरबाट निस्किएको र करिव ५ बजेतिर निजले आत्म हत्या गरेको हुनसक्ने मृतकका परिवारले जनाएका छन । मृतकले आत्म हत्या गर्नु पुर्व कागजमा आफ्नो पारिवारीक तीन पुस्ते बिबरण,लालपुर्जामा आफ्नो नाम फरक भएको र आफु स्वइच्छाले आत्म हत्या गरेको भनि लेखेर आत्महत्या गर्ने स्थान नजिकै रहेको सानो मन्दिरको भित्तामा टांसेको र सोही बिबरण उल्लेख गरी लेखिएको एउटा कागज आंपको फेंदमा राखेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यलय सालझण्डीले जनाएको छ ।
प्राय एका बिहानै थकालीचोकमा रहेको घरमा आउने र घांस काटेर लैजाने ल्याउने गर्ने मृतकको ४ जना छोराहरु बैदेशिक रोजगारको शिललिामा एक जना भारत र अरु तीन जना तेश्रो मुलुक रहेका छन भने शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल,बुटवलमा पठाइएको इलाका प्रहरी र्कायलय सालझण्डीले जनाएको छ ।
थकालीचौकमा रहेको आफ्नै घरमा भाडामा बस्नेले बिहान करिब ६ बजेतिर मृतक थापालाई आंपको रुखमा झुण्डिएको अवस्थामा देखे पछि नजिकैको इलाका प्रहरी कार्यलय,रुद्रपुरलाई स्थानियहरुले जानकारी दिएका थिए ।

≪ Previous Post

सृजना सुन पसल फोडने ३ जना पक्राउ

Next Post ≫

योगीकुटी चोकमा अटोमेटिक सेनेटाइज स्प्रे टनेल सञ्चालन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क