बुटवल १४ बैशाख
बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगरमा रहेको सृजना सुनचाँदी पसलमा चोरी गर्ने प्रयत्न गर्दै गरेका ३ जनालाई रंगेहात प्रहरीले नियन्त्रणमा लिएको छ ।
उक्त सुनचाँदी पसलमा चोरी गर्ने प्रयत्न गरीरहेकै बेला नाईके तनहुका मनोज बिक सहित ३ जनालाई प्रहरीले नियन्तरणमा लिएको जनाएको छ ।
रातीको समयमा गस्तीमा रहेको प्रहरी टोलीले सुनपसलको ताला फोडी ,सटर बंग्याई भित्र पस्न खोज्ने क्रममा रहेका ३ जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक भिमलाल भट्रराईले बताउनु भयो ।
उनिहरुको साथबाट प्रहरीले सटर फोर्न प्रयोग गरेका घन हथौडा हेक्सा ब्लेड, रड लगायतका सामग्री बरामद गरेको जनाएको छ ।
नियन्त्रणमा लिईएकाहरुको थप अनुसन्धान सुरु गरिएको प्रनाउ भट्रराईले बताउनु भयो ।
