Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ योगीकुटी चोकमा अटोमेटिक सेनेटाइज स्प्रे टनेल सञ्चालन
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

योगीकुटी चोकमा अटोमेटिक सेनेटाइज स्प्रे टनेल सञ्चालन

संसारपोस्ट संवाददाता · १४ बैशाख २०७७ · 0
योगीकुटी चोकमा अटोमेटिक सेनेटाइज स्प्रे टनेल सञ्चालन
70
SHARES
ShareTweet


बुटवल, १४ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकाको सीमाना योगीकुटीमा स्वचालित(अटोमेटिक) सेनेटाइजर स्प्रे टनेल सञ्चालन गरिएको छ । बुटवल क्षेत्रबाट तिलोत्तमा प्रबेश गर्ने गाडीहरुलाई सेनेटाईज गर्नेगरी सेनिटाईजर स्प्रे टनेल जडान गरिएको हो ।
शनिबारदेखि सञ्चालनमा ल्याइएको उक्त प्रविधिको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले उद्घाटन गर्नुभएको हो । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण सवारीका साधनहरुबाट पनि मानिसमा फैलिन सक्ने सम्भावनालाई मध्येनजर त्यसलाई नियन्त्रण तथा जोखिम क मगर्ने उद्देश्यले योगीकुटीमा स्वचालित सेनेटाइजर स्प्रे टनेल सञ्चालन गरिएको हो ।
शँकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले कोरोना महामारी विरुद्धको अभियानमा सहयोग पुर्याउने उद्देशयले तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकाको सीमाना योगीकुटीमा आधुनिक प्रविधिबाट अटोमेटिक सेनेटाइजर स्प्रे टनेल सञ्चालन गरेको हो ।
सो टनेलको शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले कोरोना भाइरसको त्रास वढिरहेका बेला सडकमा हिड्ने नागरिक र सवारीका साधनहरुलाई अटोमेटिक सेनेटाइजर छर्किने प्रविधिले थप ढुक्क बनाएको बताउनु भयो । उहांले तिलोत्तमाको दक्षिण तिरको प्रवेशद्वारमा निगरानी बढाउन आवश्यक रहेकाले नगरवासीलाई सचेत हुन आग्रह गर्दै नगरप्रमुख घिमिरेले योगिकुटीको सेनेटाइज प्रविधिको प्रभावकारितालाई हेरेर नगरपालिको दक्षिणी सीमानामा दक्षिण तर्फबाट नगरपालिका प्रबेश गर्ने गाडीहरुलाई सेनेटाइज गर्न नगरपालिकाले यस्तै स्वचालित सेनेटाइज टनेल निर्माण गर्ने वताउनु भयो । कोरोना भाइरसको उच्च जोखिमबाट बच्न र संक्रमण फैलिन नदिन सामासिजक दुरी कायम गरी लकडाउनको पालना गर्नुको विकल्प नभएको उहांले बताउनु भयो ।


सो अवसरमा सडकमा हिड्ने नागरिक र गाडीहरुलाई ढुक्क बनाउने र कोरोना भाइरसको जोखिम कम गर्ने उद्वेश्यले अटोमेटिक मेशिनको प्रयोगबाट बुटवलबाट तिलोत्तमा छिर्ने गाडी र मानिसहरुलाई स्वचालित टनेल जडान गरी सेनेटाइजर छर्किने व्यवस्था मिलाइएको शँकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका हरि तिवारले जानकारी गराउनु भयो । टनेल जडानसंगै तिलोत्तमा नगरपालिका क्षेत्र भित्र प्रवेश गर्ने सवारी साधन र यात्रु सुरक्षित हुने अपेक्षा गरिएको अध्यक्ष तिवारीले वताउनु भयो ।
स्प्रे मेसिनमा जडान गरिएको सेन्सरले सडकमा गाडी वा मानिस आएको थाहा पाउने र सोही प्रविधिमार्फत टनेलवाट गाडी तथा मानिसमा अटोमेटिक स्प्रे हुने इञ्जिनियर दीपक पाण्डेले जानकारी दिनुभयो । सेन्सरले गाडी आएको थाहा पाएपछि जुनकुनै गाडीलाई स्प्रे गर्नका लागि सडकमाथि १२ वटा नोजल राखिएको र त्यहि नोजल मार्फत स्प्रे हुने इन्जिनियर पाण्डेले जानकारी गराउनु भयो । सेन्सर मेशीन जडान गरिएको १५ मिटरको दुरीमा गाडी आएपछि सेन्सरले थाहा पाउने र ३० सेकेन्डसम्म टनेलमार्फत सडकमा गुडिरहेको गाडीमा सेनेटाईज हुने छ । ३० सेकेन्ड पछि अर्को गाडी नआएसम्म मेसिन आफै बन्द हुनेछ । सेनेटाईजरका लागि सडकको छेउमा एक हजार लिटर क्षमताको ट्यांकी जडान गरिएको छ भने त्यसमा आवश्यक पर्ने सेनेटाइजर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार खानेपानी संस्थाका कार्यालय प्रमुख इन्जिनियर दिपक पाण्डेले वनाउने संस्थाका उपाध्यक्ष ओम प्रकाश अर्यालले वताउनु भयो । इन्जिनियर दिपक पाण्डे सहित बुटवलका युवा आविष्कार दाजुभाई लव, कुशको सहयोगमा अटोमेटिक सेनिटाइजर स्प्रे टनेल निर्माण गरिएको खानेपानी संस्थाकी सचिव सावित्रा आचार्यले जानकारी दिनुभयो ।


खानेपानीको सहज वितरण संगै सरसफाई अभियानका क्षेत्रमा काम गर्दै आएको शँकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले कोरोना विरुद्धको अभियानमा समेत सहयोग गरेको छ । संस्थाले टनेल निर्माण अघि तिलोत्तमा नगरपालिकाले स्थापना गरेको कोरोना प्रकोप ब्यवस्थापन कोषमा पाँच लाख रुपैयाँ सहयोग गरेको छ भने खानेपानी संस्थाको कार्यक्षेत्र भित्र पर्ने सिद्धार्थ राजमार्गको दायाँ वायाँ अत्याधुनिक सार्वजनिक शौचालय समेत निर्माण गरेको छ ।

≪ Previous Post

रुपन्देहीको कञ्चन गाउपालिकामा हरेक दुई महिनामा १ जनाद्धारा आत्महत्या

Next Post ≫

आयल निगम भलवारीमा अटोमेटिक स्यानिटाइजिङ गेट र टनेल निर्माण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क