Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आयल निगम भलवारीमा अटोमेटिक स्यानिटाइजिङ गेट र टनेल निर्माण
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आयल निगम भलवारीमा अटोमेटिक स्यानिटाइजिङ गेट र टनेल निर्माण

संसारपोस्ट संवाददाता · १४ बैशाख २०७७ · 0
आयल निगम भलवारीमा  अटोमेटिक  स्यानिटाइजिङ गेट र टनेल निर्माण
110
SHARES
ShareTweet


बुटवल, १४ बैशाख । नेपाल आयल निगम ५ नम्वर प्रादेशिक कार्यालय भलवारी रुपन्देहीले विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिम बाट बच्न र यसको संक्रमण फैलिन नदिन स्यानिटाइजिङ गेट र अटोमेटिक (स्वचालित ) स्यानिटाइजिङ टनेल निर्माण गरेको छ । कोरोना भाइरसको महामारीवाट समस्त विश्व आक्रान्त बनिरहेको अवस्थामा यसको जोखिमवाट बच्न र संक्रमण फैलिन नदिन निगमको ५ नं. प्रादेशिक कार्यालयले नेपालमै नमुनाका रुपमा अटोमेटिक स्यानिटाइजिङ गेट र टनेल निर्माण गरेको हो ।
‘विश्वब्यापी रुपमा कोरोना भाइरसको महामारी बढिरहेको अवस्थामा यसको जोखिमबाट बच्न र संक्रमण फैलिन नदिन हामीले निगम परिसरमा अटोमेटिक स्यानिटाइजिङ गेट र टनेल निर्माण गरेका हौं ।’ निगमका प्रादेशिक प्रमुख इन्जिनियर सूरज शाहले भन्नुभयो–‘मुलुकभर लकडाउन भएपनि छिमेकी मुलुक भारतवाट नियमित रुपमा इन्धन ढुवानी गरिराखेको निगमको ५ नं. प्रादेशिक कार्यालयले कोरोना भाइरसको संक्रमणलाई न्यूनिकरण गर्ने उद्देश्यले स्यानिटाइजिङ गेट र टनेल टनेल निर्माण गरेको हो ।’
छिमेकी मुलुक भारतमा कोरोना भाइरसको जोखिम उच्च रहेको र टैंक÷ट्रकहरुबाट समेत कोरोना भाइरसको संक्रमण फैलिन सक्ने अवस्थालाई मध्येनजर गरी निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थ बोकेर आउने टैंक÷ट्रकहरुलाई स्यानिटाइजिङ गर्ने उद्देश्यले स्यानिटाइजिङ टनेल निर्माण गरिएको निगमका प्रवन्धक शैलेन्द्र भुसालले जानकारी गराउनु भयो । निगमले निगम परिसर भित्र प्रवेश गर्ने टैंक÷ट्रकहरुका साथै कामका लागि आउने मानिसहरुलाई स्यानिटाइज गर्न सेन्सरयुक्त स्यानिटाइजिङ टनेल निर्माण गरेको प्रवन्धक भुसालले बताउनु भयो ।
टैंक÷ट्रक स्यानिटाइज गर्न निर्माण गरिएको साढे चार मिटर उचाई र सात मिटर चौडा टनेलमा ११ ओटा नोजलबाट निगम भित्र प्रबेश गर्ने टैंक÷ट्रकहरुलाइ अटोमेटिक स्यानिटाइजिङ गर्ने विशेषता रहेको छ । एउटा गाडीलाई करिव १० सेकेण्ड स्यानिटाइजिङ गर्न एक हजार लिटर क्षमताको ट्याँकीमा सोडियम हाईपोक्लोराइड सोलुशन नामक तरल पदार्थ राखिएको छ ।


यस्तै निगममा आउने चालक, सहचालक, कर्मचारी लगायत अन्य आगन्तुकहरुलाई स्यानिटाइज गर्न अलग्गै अटोमेटिक स्यानिटाइजिङ टनेल निर्माण गरिएको निगमका लेखा प्रमुख रमेश ज्ञवालीले जानकारी दिनुभयो । चार वाटा नोजल सहितको सेन्सरयुक्त टनेलमा जो कोही मानिस निगम परिसर भित्र प्रबेश गर्दा चार सेकेण्ड सम्म स्यानिटाइजिङ गर्ने विशेषता रहेको छ । यसका लागि पनि एक हजार लिटर क्षमताको ट्याङ्कीमा स्यानिटाइजिङ गर्ने तरल पदार्थ राखिएको छ ।
निगम परिसरमा अटोमेटिक स्यानिटाइजिङ टनेल निर्माण संगै कोरोना भाइरसको संक्रमण न्युनिकरणमा टेवा पुग्ने र निगममा आउने मानिस र सवारी साधनका चालकले समेत आफु सुरक्षित रहेको महशुस गर्ने विश्वास गरिएको निगमका प्रमुख इन्जिनियर शाहले वताउनु भयो ।

≪ Previous Post

योगीकुटी चोकमा अटोमेटिक सेनेटाइज स्प्रे टनेल सञ्चालन

Next Post ≫

कोरोना रोकथाम पूर्वतयारीको सांसदहद्वारा तिलोत्तमामा अनुगमन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क