Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ बुटवलको सडक सीमा थप अनिश्चित घर नक्सा पास सम्बन्धी सक्कलै फाईल झिकाउन अदालतको आदेश
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलको सडक सीमा थप अनिश्चित घर नक्सा पास सम्बन्धी सक्कलै फाईल झिकाउन अदालतको आदेश

संसारपोस्ट संवाददाता · २६ असार २०७६ · 0
140
SHARES
ShareTweet

बुटवल,२६ असार
निकै लामो समय देखि अन्यौलमा रहेको बुटवलको सडक बिस्तार योजना थप अनिश्चित भएको छ ।
नारायणीदेवी प्रधान समेत बुटवलका ३४ जना घर धनीहरुले घर भत्काउने कार्य रोक्न निशेधाज्ञाको माग गर्दै दायर गरेको रिट निवेदन उपर बुधबार भएको सुनुवाइमा उच्च अदालत तुल्सीपूर बुटवल इजलासले सो आदेश दिएको हो ।
सडक सिमा भित्र बनेका बुटवलका घर टहरा भत्काउने÷नभत्काउने भन्ने मुद्धामा उच्च अदालत तुल्सीपूर बुटवल इजलासले निवेदकहरुले घर निर्माण गर्दा नक्सा पास एवं इजाजत प्राप्त गरे नगरेको बिषयमा बुटवल उपमहनगरपालिकाबाट सक्कलै फाइल झिकाउने आदेश जारी भएपछि सडक बिस्तार योजना थप अनिचित बनेको हो ।
उच्च अदालत तुल्सीपूर बुटवल इजलासका मुख्य न्यायधिसको समेत जिम्मेवारी सम्हालेका न्यायधिस शेषराज सिवाकोटी र न्यायधिस कमलकृष्ण अधिकारीको संयुक्त इजलासले निवेदकहरुले घर निर्माण गर्दा नक्सा पास एवं इजाजत प्राप्त गरको हो होइन , भन्ने सक्कलै फाइल बुटवल उपमहानगरपालिकाबाट झिकाउन आदेश दिएको हो ।
यस अघि तिन पटक पेशीमा चढिसकेको सो मुद्धामा अदालतले बुटवल–बेलहीया व्यापारीक मार्ग बिस्तार आयोजनाबाट मुआब्जा सम्बन्धी सक्कल फाइल झिकाउन आदेश दिएको थियो ।
घर धनीहरुले आयोजनाले घर भत्काउने भए आफुहरुलाई मुआब्जा दिनुपर्ने माग गर्दै आएका छन् ।

≪ Previous Post

सघियता संगै मोफसलका पत्रकारको जिम्मेवारी थप बढयो ःउपाध्यक्ष पोखरेल

Next Post ≫

प्रदेशसभामा थप तिन विधेयक दर्ता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क