बुटवल, २७ असार । प्रदेश नं ५ को प्रदेशसभामा थप तिन विधेयक दर्ता भएका छन् । प्रदेशसभामा प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यही असार ८ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको हो भने प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक असार १३ गते दर्ता भएको हो ।
सात वटा प्रदेशसभा मध्ये सबै भन्दा बढि विधेयक पारित गर्ने प्रदेशसभाको रुपमा स्थापित प्रदेश नं ५ को प्रदेशसभाबाट यस अघि ३८ वटा विधेयक पारीत भई प्रमाणीकरण समेत भैसकेको छ । प्रदेशसभाको अर्को बैठक यही असार २९ गते दिउसो १ बजे बस्दै छ ।