Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कोरोना परिक्षणका लागि गहुंबाली केन्द्रमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना परिक्षणका लागि गहुंबाली केन्द्रमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला

संसारपोस्ट संवाददाता · २३ चैत्र २०७६ · 0
कोरोना परिक्षणका लागि गहुंबाली केन्द्रमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला
80
SHARES
ShareTweet

एक दिनमा १६ नमुना परीक्षण गर्न सकिने प्रयोगशाला आजदेखि सञ्चालनमा आउने



भैरहवा, २३ चैत । रुपन्देहीको ओमसतिया गाउँपालिकाको गहुंबाली केन्द्र परिसरमा स्थापना गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला (कोरोना भाइरस परिक्षण प्रयोगशाला) आजदेखि सञ्चालनमा आउने भएको छ ।
प्रयोगशालामा आवश्यक स्वास्थ्य उपकरण जडानसंगै अन्य बाँकी काम सकेर आज साँझदेखि प्रयोगशाला सञ्चालनमा आउने सो कार्यमा खटिएका विज्ञ सहितको प्राविधिक टोलीले जनाएको छ । टोली शनिवारदेखि नै यो काममा खटिएको छ ।
आजदेखि नै नमुना परिक्षण गर्ने योजना अनुरुप काम भैरहेको प्रदेश ५ जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र कुमार गिरीले बताउनु भयो । डा. गिरीका अनुसार आज प्रयोगशालामा प्रयोग हुने सामग्रीको क्वालिटी कंट्रोल तथा स्ट्यान्डर टेष्ट गरेपछि मात्र ल्याब परिक्षण कार्य सुरु हुने छ ।
प्रयोगशालामा क्वालिटी कंट्रोल तथा स्ट्यान्डर टेष्टका लागि प्रदेश ५ मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले बिष्नु रायमाझीलाई तोकेको थियो । जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. गिरीका अनुसार प्रयोगशालामा अहिले लुम्बिनी प्रादेशिक अस्पतालका सुमन सापकोटा र आशिष श्रेष्ठ सहितको टोलीले काम गरिरहेको छ ।
प्रयोगशाला सञ्चालनमा आएपछि एक पटकमा १६ बटा सम्म नमुना परीक्षण गर्न सकिने र आवश्यक परे यसको क्षमता बढाउदैं लगिने डा. गिरीले जानकारी गराउनु भयो ।


यसअघि कोरोनाका सम्भावित तथा शंकास्पद विरामीको नमुना बुटवलमा संकलन गरी परिक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाउदा परिक्षणको रिपोर्ट आउन ढिलाई भएकाले छिटो छरितोका लागि रुपन्देहीमै प्रयोगशाला स्थापना गरिएको हो । यसपछि कोरोना भाईरस (कोभिड–१९)को परिक्षणको दायरा बढाउँदै क्रमशः दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अस्पतालमा कोरोना प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परिक्षण शुरु गरिने डा. गिरीले जानकारी गराउनु भयो ।

≪ Previous Post

नवलपरासीमा तोकियो खाद्यान्न र तरकारी पसल खोल्ने समय

Next Post ≫

प्रदेश ५ सरकारद्वारा कोभिड १९ सम्वन्धि मोवाइल एप निर्माण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क