Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लायन्स क्वलवहरुद्वारा तिलोत्तमाका विपन्न परिवारलाई खाद्यान्न वितरण
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लायन्स क्वलवहरुद्वारा तिलोत्तमाका विपन्न परिवारलाई खाद्यान्न वितरण

संसारपोस्ट संवाददाता · २० चैत्र २०७६ · 0
लायन्स क्वलवहरुद्वारा तिलोत्तमाका विपन्न परिवारलाई खाद्यान्न वितरण
70
SHARES
ShareTweet


बुटवल, २० चैत । बुटवलमा कृयाशिल बिभिन्न लायन्स क्लवहरुले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ सिमानगर सुकुम्बासी टोलमा बस्ने अति विपन्न तथा गरिव परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेका छन् । कोरोना भाईरस (कोभिड–१९) संक्रमण रोकथामकालागि सरकारले कलडाउन गरेपछि दैनिक ज्यालादारी गरि खानेवर्ग समस्यामा परेपछि उनीहरुको राहतका लागि क्लवहरुले खाद्य सामाग्री वितरण गरेका हुन् ।
लायन्स क्लव अफ बुटवल युथका अध्यक्ष दिपकप्रसाद श्रेष्ठ र डिष्ट्रिक्ट को चिफ एड्भाईजर सुनिता बजिमय श्रेष्ठको नेतृत्वमा लायन्स क्लव अफ सयपत्री, लायन्स क्लव अफ बुटवल स्टार, लायन्स क्लव अफ रुपन्देही, लायन्स क्लव अफ बुटवल सनसाईन, लायन्स क्लव अफ बुटवल खस्यौली, बुटवल माध्यमिक बिद्यालय भूपू बिद्यार्थी मञ्चका उपाध्यक्ष बासुदेव लामिछानेलगायतको सहयोग र सहकार्यमा तिलोत्तमा नगरपालिका–३ सिमानगर (मगरघाट)मा बसोबास गर्ने एक सय घरधुरीका विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।


लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरि खाने मजदुर वर्ग काम बिहिन भएर साँझ बिहानको छाक टार्ने समस्यामा नपरुन र उनीहरुलाई थोरै भएपनि राहत मिलोस भन्ने उद्देश्यले लायन्स क्लवहरुले आफ्नो सामाजिक उत्तरदायित्व र मानविय सेवा भावले तिलोत्तमा– ३ नं. वडा कार्यालयसंग समन्वय गरेर विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको लायन्स क्लव अफ बुटवल युथका अध्यक्ष दिपकप्रसाद श्रेष्ठले बताउनु भयो ।
मगर घाट स्थित सिमानगर खानेपानी कार्यालय परिसरमा आयोजित कार्यक्रममा लायन्स क्लवहरु र बुटवल माध्यमिक बिद्यालय भूपू बिद्यार्थी मञ्चको सहकार्यमा संकलित खाद्यान्न तिलोत्तमा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष टंकप्रसाद तिवारीलाई एकमुष्ट रुपमा हस्तान्तरण गरिएको थियो । यसरी क्लवहरुले संकलन गरेर उपलब्ध गराएको खाद्य सामाग्री वडा कार्यालयले लगत संकलन गरेका विपन्न परिवारलाई वडा अध्यक्ष तिवारीले वितरण गर्नुभएको हो ।
सो अवसरमा बोल्दै वडा अध्यक्ष तिवारीले सिंगो मुलुक लकडाउन भएको अवस्थामा लायन्स क्लवहरुले आफ्नो वडालाई प्राथमिक्तामा राखेर वडाका विपन्न मजदुर वर्गलाई खाद्यान्न वितरण गर्ने कार्य सह्रानीय रहेको भन्दै यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो । सिमानगर क्षेत्रका विपन्न परिवारलाई राहत स्वरुप चामल, तेल, नुन र दाल प्रदान गरिएको थियो । यस्तै सबै क्लवहरुको सहकार्यमा बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको नेपाल अपाङ्ग आश्रमलाई पनि तेल र दाल सहयोग गरिएको थियो ।


सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लव अफ बुटवल युथले यस अघि लकडाउनकै कारण साँझ विहानको छाक टार्न समस्यामा परेका बुटवल उपमहानगरपालिका पुरानो वसपार्क क्षेत्रमा बसोवास गर्ने ५० घर धुरीका विपन्न परिवारलाई चामल, नुन, दाल लगायतका खाद्य सामाग्री वितरण गरेको क्लवका सचिव विष्नु काफ्लेले जानकारी दिनुभयो ।

≪ Previous Post

आज २०७६ साल चैत २० गते बिहिवारको राशिफल

Next Post ≫

थापाको परिवारलाई क्षतिपुर्ति दिन तरुण दलको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क