Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लकडाउन पालना गर्न र उपचार तथा सुरक्षामा खटिनेलाई हौसला प्रदान गर्न कांग्रेस रुपन्देहीको माग
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लकडाउन पालना गर्न र उपचार तथा सुरक्षामा खटिनेलाई हौसला प्रदान गर्न कांग्रेस रुपन्देहीको माग

संसारपोस्ट संवाददाता · १४ चैत्र २०७६ · 0
लकडाउन पालना गर्न र उपचार तथा सुरक्षामा खटिनेलाई हौसला प्रदान गर्न कांग्रेस रुपन्देहीको माग
140
SHARES
ShareTweet

बुटवल १४ चैत्र
नेपाली कांग्रेस रुपन्देहीले सरकारले घोषणा गरेको लकडाउन पालना गर्न नागरिकहरुलाई अपिल गर्दै उपचार र सुरक्षामा खटिने सबैमा हौसल्ला प्रदान गर्न आग्रह गरेको छ ।
साथै सरकारलाई प्रचार भन्दा पनि प्रभावकारी जनताको सेवामा खटिन अनुरोध गरेको छ ।
दैनिक उपभोग्य बस्तु र सेवाका विषयमा गंभिर बन्न पनि सरोकारवाला निकायलाई कांग्रेस रुपन्देहीले आग्रह गरेको छ ।
नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सभापती अब्दुल रज्जाकले शुक्रबार एक विज्ञक्ती जारी गर्दै सरकारको आदेश पालना गरेका दिनदुखी गरिव तथा मजदुरहरुको विचल्ली हुन थालेको भन्दै तत्काल ध्यान दिन आग्रह गर्नु भएको हो ।
विज्ञक्तीमा दैनिक उपभोगका वस्तुमा वढिरहेको कालो बजारी ,नागरिकहरुको सहज पहुंच र बजार अनुगमनका विषयमा तत्काल कदम अघि बढाउनु पर्ने उल्लेख छ ।
नागरिकहरुले सरकारको निर्देशनको पालना गरेर घरमै बस्ने तर विहान वेलुका हातमुख जोर्ने समस्या आउन नदिन सरकारले आफ्नो निकाय मार्फत भुमिका खेल्नु पर्दछ , विज्ञप्तीमा भनिएको छ ।
सरकारका सकारात्मक हरेक क्रियाकलापमा नेपाली कांग्रेस रुपन्देहीको साथ र सहयोग रहेको भन्दै कोरोना भाईरसका विरुद्धमा चलाउनु पर्ने जनचेतना र मानविय हितका काममा ध्यान दिन आग्रह गरिएको छ ।
देशमा संघियताको महत्व रहेको पुष्टि गर्ने यो एउटा अवसर पनि भएको भन्दै तिनै तहका सरकार प्रचार मुखी भन्दा पनि जनतामुखी भएर अघि बढ्न कांग्रेसले सुझाव दिएको छ ।
चिकित्कहरुले सुरक्षामा प्रयोग गर्ने साधनहरु नपाउनु तथा बजारमा मास्क तथा सेनेटाईजर जस्ता बस्तुको कृत्रिम अभाव गरेर कालोबजारी गर्ने काम तत्काल बन्द गर्नु पर्ने माग कांग्रेसको छ ।
जिल्लामा रहेका नागरिकहरुका समस्याका विषयमा पार्टीले पनि आ आफ्नो ढंगले सुचना संकलन गर्ने सहयोगका कार्यक्रमहरु चलाउने र सरकारले गरेको आहवान अनुसार साथ र सहकार्य गरिरहेको विज्ञप्तीमा मार्फत जानकारी दिएको छ ।
नागरिकहरुलाई मनोविज्ञैनिक रुपमा सरकार साथमा रहेको अनुभुती दिलाउनका हरेक क्षेत्रमा सरकारको उपस्थिती हुनु पर्ने आजको आवश्यकता रहेको विज्ञप्तिमा भनिएको छ ।

≪ Previous Post

लायन्स क्लव युथद्वारा मजदुर परिवारलाई खाद्यान्न वितरण

Next Post ≫

विपन्नको छाक टार्न तिलोत्तमाले पुर्‍याईदियो घर घरमा खाद्यान्न

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क