Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ विपन्नको छाक टार्न तिलोत्तमाले पुर्‍याईदियो घर घरमा खाद्यान्न
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विपन्नको छाक टार्न तिलोत्तमाले पुर्‍याईदियो घर घरमा खाद्यान्न

संसारपोस्ट संवाददाता · १४ चैत्र २०७६ · 0
विपन्नको छाक टार्न तिलोत्तमाले पुर्‍याईदियो घर घरमा खाद्यान्न
80
SHARES
ShareTweet


बुटवल १४ चैत
‘लकडाउन’ अवधिमा विपन्न वर्गलाई छाक टार्न समस्या भएपछि तिलोत्तमा नगरपालिकाले टोल विकास संस्थाहरुको सिफारिशमा शुक्रबारदेखि खाद्यान्न उपलव्ध गराउन सुरु गरेको हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न उपलव्ध गराउन थालेको छ ।
नगरपालिकाको वडा नम्बर ४ बाट सुरु गरिएको खाद्यन्न वितरण सबै वडामा चल्नेछ । वडा नं. ४ को सीमानगरमा नगर प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले खाद्यन्न वितरण सुरु गर्नुभएको हो । शुक्रबार वडा नं. ४ र ५ का विपन्न परिवारलाई खाद्यान्न उपलव्ध गराइएको र यसले दैनिक ज्याला मजदूरी गरेर खाने विपन्न वर्गलाई थोरै भएपनि राहत पुगेको नगर प्रमुख वासुदेव घिमिरेले बताउनुभयो ।
कोभिड–१९ संक्रमणको जोखिमका कारण देशव्यापी ‘लकडाउन’ भएकाले मजदुरी गर्न नपाउँदा छाक टार्नै समस्या हुने परिवारका लागि तत्काल प्रतिपरिवार १० किलो चामल, दुई किलो दाल र एक किलो नुन घरमै पु¥याइदिने गरी नगरपालिकाले बिहीबार निर्णय गरेको थियोे ।
नगर प्रमुख घिमिरेले भन्नुभयो–“सम्बन्धित टोल विकास संस्थाको सिफारिसमा नगरपालिकाले आफ्नै गाडीबाट घर–घरमै खाद्यान्न पु¥याइदिने छ ।” घरमै खाद्यान्न पाएपछि तिलोत्तमा वडा नम्बर ४ सीमानगरका ईन्द्र थापाले संकटका बेलामा नगरपालिकाले सरकार भएको महशुस दिलाएको बताउनुभयो ।
तिलोत्तमाले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई काममा लगाउने निर्माण व्यवसायी, उद्योग÷धन्दा, ठेकेदार, घरधनीले उचित व्यवस्थापन गर्न पनि अनुरोध गरेको छ । नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले नगरपालिकाले कोही पनि नगरबासीलाई भोकै मर्न नदिने बताउनुभयो ।


नगरका १७ वटै वडामा रहेका विपन्न परिवारको तथ्यांक संकलन गरी राहतको व्यवस्था गरिने नगर प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो । नगरका १७ वटै वडामा रहेका टोलविकास संस्थाहरुले विपन्नहरुको पहिचान गरी वडा कार्यालयमा जानकारी गराएपछि वडाको सिफारिशको आधारमा नगरपालिकाले खाद्यान्न उपलव्ध गराउने व्यवस्था मिलाइएको छ ।


प्रकोप व्यवस्थापन कोष मजबुद बनाउन नगर प्रमुखद्धारा ५० हजार

यसै बिच तिलोत्तमा नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा नगर प्रमुख बासुदेव घिमिरेले ५० हजार रुपैंयाँ दिनु भएको छ ।
यस्तै उपप्रमुख जगेश्वरदेवी चौधरीले कोषमा १० हजार रुपैंयाँको योगदान गर्नु भएको छ ।
नगरपालिकाले यसअघि नैं स्थापना गरेको प्रकोप व्यवस्थापन कोषलाई थप मजबुद बनाउँदै लैजाने निर्णयसँगै उहाँहरुले कोषमा व्यक्तिगत योगदान गर्नु भएको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको सन्दर्भमा नगरपालिकामा कार्यरत सबै कर्मचारी तथा शिक्षकहरुले तीन दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जानकारी दिनुभयो । प्रकोप व्यवस्थापन र स्वास्थ्य तथा सामुदायिक विशेष कोषमा नगरपालिकाको झण्डै ८० लाख रुपैंयाँ रहेकोमा कोरोना महामारीको सन्दर्भमा जुटाइने सहयोगले कोषलाई कम्तिमा एक करोड रुपैंयाँ पुर्याउने लक्ष्य राखिएको छ ।
नगरपालिकाले कोषमा सहयोग गर्न गरेको आह्वानसँगै विभिन्न व्यक्ति तथा संघ संस्थाले समेत रकम प्रदान गर्न थालेका छन् । तिलोत्तमा—१, स्थित होराइजन जिबिएस स्कुलले एक लाख एक हजार रुपैंयाँ कोषमा दिएको प्राचार्य गोपाल आचार्यले जानकारी दिनुभयो ।
यस्तै तिलोत्तमा—८, प्रदीपनगर निवासी वरिष्ठ समाजसेवी चिन्तामणि चालिसेले कोषमा पाँच हजार पाँच सय रुपैंयाँ दिने घोषणा गर्नुभएको छ । नगरपालिकाले एनआइसी एशिया बैंकमा प्राकृतिक प्रकोप कोषको खातामा आफू सक्दो सहयोग गर्न सबैलाई अपिल गरेको छ ।
कोषको रकमबाट कोरोना महामारी पूर्वतयारीका कार्यक्रम सञ्चालन गरिनुको साथै भविष्यमा आउन सक्ने अन्य प्रकृतिका प्रकोपसँग जुध्न सहयोग मिल्ने नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । प्रकोप जुनसुकै बेला पनि आउन सक्ने भएकाले त्यसको पूर्वतयारीका लागि कोषलाई बजमुद बनाउने गरी सहयोग गर्न इच्छुकलाई आग्रह गरिएको उहाँले प्रष्टानुभयो ।
यतिबेला कोरोना संक्रमणको जोखिम पूर्वतयारीमा जुटेको तिलोत्तमाले वडा नं. १ स्थित शंकरनगर दुर्गादत्त माविमा क्वारेन्टाइन सञ्चालन गरेको छ । जहाँ अहिले १९ जना बसेका छन् । त्यहाँ ५० जनासम्म बस्न मिल्ने गरी तयारी भैरहेको स्वास्थ्य शाखाले जनाएको छ । यस्तै तिलोत्तमाले लकडाउनबाट दैनिक मजदुरी गरेर छाक टार्न समस्या भएका प्रतिपरिवारलाई पहिलो चरणमा १० किलो चामल, २ किलो दाल र १ किलो नुन दिने घोषणा गरेको छ ।

≪ Previous Post

लकडाउन पालना गर्न र उपचार तथा सुरक्षामा खटिनेलाई हौसला प्रदान गर्न कांग्रेस रुपन्देहीको माग

Next Post ≫

२०७६ साल चैत १५ गते शनिवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क