बुटवल, ११ चैत । लक डाउनको अवधीभर पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले अत्याबश्यक सवारी साधनका लागि रुपन्देही, कपिलवस्तु र नवलपरासीका सिमित पेट्रोल पम्पहरुमा आलापालो प्रणाली लागु गरेको छ ।
विश्वब्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरसको महामारी रोगको उच्च जोखिमबाट बच्न अत्यावश्यक सवारी साधनहरुका लागि ईन्धन उपलब्ध गराउन अर्को ब्यवस्था नभए सम्मका लागि प्रत्येक दिन तीन जिल्लाका अलग अलग पम्पहरुलाई जिम्मेवारी दिने ब्यवस्था मिलाइएको एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले बताउनु भयो ।
एशोसिएसनका बरिष्ठ उपाध्यक्ष हिमाल गैरेका अनुसार जोखिम न्युनिकरण गर्ने, विषम परिस्थितिमा अत्यावश्यक सवारी साधनहरुलाई आवश्यक इन्धनको आपुर्ति ब्यवस्थालाई सहज वनाउने र सबै ब्यवसायीको ब्यवसाय प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप नेपाल आयल निगम र सम्वन्धित जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरी असहज परिस्थिति सम्म पम्पहरुमा आलापालो प्रणाली मार्फत इन्धन विक्री वितरणको वातावरण मिलाईने छ ।
कोरोना भाइरसको उच्च जोखिमबाट बच्न नेपाल सरकारले मुलुकलाई लकडाउन गरेको विषम परिस्थितिमा सरकारलाई साथ दिनु र सरकारको निर्णय कार्यान्वयन गर्नु आम नेपालीको दायित्व भएकाले यस क्षेत्रका पेट्रोलियम ब्यवसायीहरुले अत्याबश्यक सवारी साधनहरुलाई इन्धनको अभाव हुन नदिन प्रत्येक दिन अलग अलग पम्पहरुलाई जिम्मेवारी दिने नीति अवलम्वन गरिएको कोषाध्यक्ष बिशाल गैरेले जानकारी गराउनु भयो ।
एशोसिएसनले चैत १३ गते बिहिबार ईन्धन विक्री वितरणको जिम्मेवारी पाएका रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाका पेट्रोल पम्पहरुको नामावली सहित नेपाल आयल निगम ५ नं. प्रादेशिक कार्यालय भलवारीमा पत्राचार गरी त्यसको जानकारी सम्वन्धित पम्प ब्यवसायीहरुलाई गराइसकिएको एशोसिएसनका कार्यालय सचिव अर्जुन बश्यालले बताउनु भयो ।
भोली चैत १३ गते बिहिबार रुपन्देहीमा डि वी थापा बुटवल, मिलन ब्रदर्श बुटवल, विशाल आयल शँकरनगर, संगम आयल भैरहवा, पाण्डे आयल लुम्विनी रोड, बुद्ध आयल लुम्विनी, गैरे हाईवे सैनामैना, सुवेदी आयल अमुवा, गौराङ्ग आयल देवदह घोडाहा र जाफरी आयल धकधई गरी १० वटा पम्पहरुलाई जिम्मेवारी तोकिएको छ ।

यस्तै कपिलवस्तु जिल्लामा जय दुर्गा आयल शुद्धोधन–३, अजय अटोमोवाईल्स कपिलवस्तु–८, शँकर पार्वती आयल तौलिहवा–२, आदर्श अटोमोवाईल्स कपिलवस्तु–१०, निधि आयल कपिलवस्तु–४, जय शँकर आयल कपिलवस्तु–१, जय बुद्ध आयल कपिलवस्तु–१, मनकामना डिजल्स कृष्णनगर–८ र गणपति पेट्रोलियम शिवराज–३ लाई जिम्मेवारी तोकिएको एशोसिएसनका लेखा संयोजक प्रेम वाग्लेले वताउनु भयो ।

यसैगरी एशोसिएसनले नवलपरासी दाउन्ने पश्चिम १३ गतेका लागि ६ वटा पम्पहरुवाट अत्याबश्यक सवारी साधनहरुलाई इन्धन उपलब्ध गराउने ब्यवस्था मिलाएको छ । जिल्लामा बाल गोविन्द आयल परासी, तिरुपति आयल सुनवल, दुर्गादेवी आयल भूमही, पालुस्थान सप्लायर्स वासा, गाणपति आयल गोपिगञ्ज र रामस्नेही आयल कुस्माले इन्धन विक्री वितरणको जिम्मा पाएका छन् ।

यस विषम परिस्थितिमा कोरोना भाइरसको उच्च जोखिमबाट बचेर ब्यवसायिक धर्म निर्वाह गर्न सबै ब्यवसायीलाई आग्रह गर्दै ब्यवसायीको सुरक्षा, ईन्धन विक्री वितरणको अनुगमन गर्न र अत्यावश्यक सवारीका साधनमा मात्र इन्धन विक्री वितरणको ब्यवस्था मिलाउन तिनै जिल्लाका सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा समेत बोधार्थ सहित पत्राचार गरिएको अध्यक्ष प्रेम न्यौपानेले बताउनु भयो । उहांका अनुसार यो असहज परिस्थिति कायम रहेसम्म यसैगरी प्रत्येक दिन सिमित पम्पहरुवाट पेट्रोलियम पदार्थको विक्री वितरणको ब्यवस्था मिलाइने छ ।