Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ आज गिरिजाप्रसाद कोइरालाको दशौं स्मृति दिवस
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज गिरिजाप्रसाद कोइरालाको दशौं स्मृति दिवस

संसारपोस्ट संवाददाता · ७ चैत्र २०७६ · 0
आज गिरिजाप्रसाद कोइरालाको दशौं स्मृति दिवस
60
SHARES
ShareTweet


बुटवल, ७ चैत । नेपाली काँग्रेसका तत्कालीन सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको दशौं स्मृति दिवस आज मनाइँदैछ ।
स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस, जीपी कोइराला फाउण्डेशनलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । पाँच पटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको ८५ बर्षको उमेरमा २०६६ साल चैत ७ गते निधन भएको थियो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नायकका रुपमा स्थापित कोइरालाको जन्म वि.सं. १९८१ मा भारतमा भएको थियो । कोइराला परिवार जहानियाँ राणाशासनको विरोध गरे बापत भारतको विहार राज्यको टेडी, सहर्षामा निर्वासित जीवन बिताइरहेको समयमा उहांको जन्म भएको हो । कृष्णप्रसाद कोइरालाकी कान्छी पत्नी दिव्या कोइरालाका कान्छा छोरा गिरिजाप्रसादको पूरै जीवन राजनीतिमै बित्यो ।
युद्धकालमै माओवादीसँग राजतन्त्रविरुद्ध सहमति गरेपछि काँग्रेसभित्रै समेत कोइरालाको कडा आलोचना भयो तर कोइरालाको व्यक्तित्वका अगाडि त्यो विरोध गौण बन्यो । पहिले संवैधानिक राजतन्त्रका समर्थक कोइरालाले नै झण्डै अढाइ सय वर्ष पुरानो राजतन्त्रविरुद्ध आन्दोलनको अगुवाइ गर्नुभयो । उहाँले १० वर्ष लामो सशस्त्र युद्ध गरेको तत्कालीन नेकपा (माओवादी) लाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका र नेतृत्व प्रदान गर्नुभयो ।

≪ Previous Post

भारतको बहुचर्चित बलात्कार काण्डका चारजनालाई मृत्युदण्ड

Next Post ≫

लायन्स बुटवल मुक्तिनाथद्वारा अस्पातलका बिरामीलाई सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क