Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लायन्स बुटवल मुक्तिनाथद्वारा अस्पातलका बिरामीलाई सहयोग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लायन्स बुटवल मुक्तिनाथद्वारा अस्पातलका बिरामीलाई सहयोग

संसारपोस्ट संवाददाता · ७ चैत्र २०७६ · 0
लायन्स बुटवल मुक्तिनाथद्वारा अस्पातलका बिरामीलाई सहयोग
60
SHARES
ShareTweet


बुटवल ७ चैत
लायन्स क्लाब अफ बुटवल मुक्तिनाथले बुटवलको जेनस अस्पतालमा उपचाररत बिरामी कृष्णप्रसाद घिमिरेलाई नगद सहयोग गरेको छ ।
अत्यन्तै बिपन्न परिवारका घिमिरेलाई आर्थिक अवाभमा अस्पतालवाट डिस्चार्ज हुन समस्या भएपछि लायन्स क्लाब अफ बुटवल मुक्तिनाथका सदस्यहरुले आफ्नै पहलमा रकम जम्मा गरेर बिरामीलाई सहयोग गरेका हुन । अर्घाखाची जिल्लाको पाणिनी गाउपालिका मैदान घर भएका नेत्रप्रसाद घिमिरेका पुत्र कृष्ण केहि समय अगाडी काम खोज्दै भारतको पन्जाब पुगेका र त्यहि गम्भीर दुर्घटनामा परेका थिए । आर्थिक अवाभमा भारतमा उपचार असम्भब भएपछी उनलाई नेपाल बोलाएर उनका आफन्त र सुबेक्षुकहरुको सहयोगमा उपचार भइरहेको छ । उनको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको भन्ने जानकारी र पाणिनीे गाउपालिकालेसमेत सहयोग गरिदिन गरेको आग्रह सहितको पत्र पाएपछि सामाजिक क्षेत्रमा क्रियासिल लायन्स क्लब अफ मुक्तिनाथको तर्फवाट नगद छब्बीस हजार रुपैया अस्पतालमै पुगेर बिरामीका बुवा नेत्रप्रसाद घिमिरेलाई हस्तान्तरण गरिएको हो ।
लायन्स क्लब अफ बुटवल मुक्तिनाताका बर्ष २०१९÷०२० का अध्यक्ष शोभाखर बन्जाडे ,बर्ष २०२०÷२१ का लागि नवनिर्वािचत अध्यक्ष सुरेशचन्द्र भट्टराई अभियान्ता गोपाल घिमिरे,ठाकुर पाण्डे,गोबिन्द बन्जाडे लागायत त्यहा उपस्थित सहयोगीहरुले क्लबको तर्फवाट रकम जुटाएर सहयोग हस्तान्तरण गर्दै समस्यामा परेका व्यक्तिलाई सहयोग स्वरुप एउटा इँटा थप्न पाउदा खुसि ब्यक्त गरे ।
आम्दानीको कुनै श्रोत नभएका घिमिरेको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा दैनिक चलाइएका औषधि र खाने बस्ने बाहेक अप्रेसन र बेडचार्ज मात्र रु दुइलाख बत्तिसहजार खर्च आएपछि बिरामीका परिवारले सहयोगको अपिल गरेका थिए ।
दुर्घटना पछी खुट्टामा गम्भीर समस्या भएका उनि अहिले पनि हिडडुल गर्न सक्दैनन । रकम चुक्ता गरेपछि बिरामीलाई घर पठाउन सकिने तर अझै केहि समय अस्पतालको सम्पर्कमा रहेर उपचार गरे उनि निको हुने अस्पताल पशासनले जनाएको छ ।

≪ Previous Post

आज गिरिजाप्रसाद कोइरालाको दशौं स्मृति दिवस

Next Post ≫

सिमा बन्द गर्न र व्यापारिलाई कृत्रिम अभाव सिर्जना नगर्न संघको आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क