Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सिमा बन्द गर्न र व्यापारिलाई कृत्रिम अभाव सिर्जना नगर्न संघको आग्रह
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिमा बन्द गर्न र व्यापारिलाई कृत्रिम अभाव सिर्जना नगर्न संघको आग्रह

संसारपोस्ट संवाददाता · ७ चैत्र २०७६ · 0
सिमा बन्द गर्न  र व्यापारिलाई कृत्रिम अभाव सिर्जना नगर्न संघको आग्रह
120
SHARES
ShareTweet

बुटवल ७ चैत
रुपन्देही व्यापार संघले भारतसंग जोडिएको पाच नं. प्रदेशका रुपन्देही लगायतका जिल्लामा कोरोनाको बढ्दो जोखिमलाई रोक्न भारतसंगको सिमा पूर्ण रुपमा बन्द गरि दुबैतर्फका नागरिकहरुलाई आवतजावतमा प्रतिवन्ध लगाउन आग्रह गरेको छ ।
संघले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै विश्व स्वाश्थ्य संगठनले समेत नेपाल कोरोनाको निकै जोखिम क्षेत्रका रुपमा किटानी गरेको अवस्थामा हाम्रो छिमेकि राष्ट्र भारतमा कोरोनाको संक्रमण निकै उच्चदरमा देखापरेको हुदा भारतसंगको खुल्ला सिमाको चेकजाच कडाई गर्नुका साथै आवश्यक्त अनुसार सिमा बन्द गर्न आग्रह गरेको छ ।
संघका महासचिव दयानिधि भण्डारीद्वारा जारी विज्ञप्तिमा छिमेकि राष्ट्र चीनमा देखापरि हाल विश्वका विभिन्न मुलुकमा फैलिई साझा चुनौतीको रुपमा देखापरेको कोरोना भाइरस(कोभिड–१९) को संक्रमण हाम्रो मुलुकमा पनि देखापर्ने अवस्था रहेका कारण त्यसबाट सचेत बनी संक्रमणबाट सुरक्षित रहन सर्तकता अपनाउन आफ्ना सबै सदस्य व्यवसायी तथा सम्पूर्ण सर्वसाधारण नागरिकहरुमा हार्दिक अपिल पनि गरिएको छ । संघले कोरोनाका कारण व्यापार व्यवसायमा परेको असरप्रति गम्भिर चिन्तित व्यक्त गरेको छ ।
कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले गरेको सबै प्रकारका आग्रह र अनुरोधलाई सबैले सम्मान गर्नु पर्ने दायित्व रहेको बताउदै त्यसलाई पालना गर्न पनि अपिल विज्ञप्तिमार्फत गरिएको छ ।
संघले कोरोनाका बाहानामा कालोवजारी तथा कृत्रिम अभाव गराएको आरोप व्यवसायीहरुमा लाग्ने गरेको भन्दै त्यसतर्फ व्यवसायीहरुलाई गम्भिर बन्न र कुनै पनि क्षेत्रमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना हुने अवस्था नबनाई संकटको घडीमा आमउपभोक्ताहरुलाई आफुसंग भएका सामाग्री सहज रुपमा उपलब्ध गराउन र आफुमाथि आएका समस्या संघमार्फत राख्न अनुरोध गरेको छ ।
संघले कोरोनाबाट नेपालको व्यवसाय क्षेत्रमा गम्भीर असर परेको भन्दै कोरोनाका कारण आएको आर्थिक मन्दीले थला पर्ने अवस्थामा पुगेका उद्योगी व्यवसायीहरुलाई राहत पुग्ने गरी ब्याज छुट, घरभाडा मिनाहा, आयकरमा छुटको समय थप लगायतका राहतका प्याकेज प्रदान गर्न सरकारसंग आग्रह गरेको छ ।

≪ Previous Post

लायन्स बुटवल मुक्तिनाथद्वारा अस्पातलका बिरामीलाई सहयोग

Next Post ≫

सिमानाकामा चेकजाँचलाई कडाई गर्न ८ दलको सरकारसंग माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क