Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सञ्चार क्षेत्रमा संघीयताको अनुभुति हुन सकेन : अध्यक्ष आचार्य
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सञ्चार क्षेत्रमा संघीयताको अनुभुति हुन सकेन : अध्यक्ष आचार्य

संसारपोस्ट संवाददाता · ५ चैत्र २०७६ · 0
सञ्चार क्षेत्रमा संघीयताको अनुभुति हुन सकेन : अध्यक्ष आचार्य
90
SHARES
ShareTweet

बुटवल, ५ चैत
नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आर्चायले सञ्चार क्षेत्रमा संघीयताको अनुभुति हुन नसकेकोे टिप्पणी गर्नुभएको छ । उहाँले संविधानमा व्यबस्था गरिएका कुरालाई पनि प्रदेश स्तरमा कार्यान्वयन हुन नसकेकाले सञ्चार क्षेत्रमा संघीयताको अनुभुति हुन नसकेको बताउनु भएको हो ।
पत्रकारले पाउने प्रेस पास, लोककल्याणकारी बिज्ञापन, पत्रपत्रिकाको वर्गीकरण, दर्ता नविकरण सहित धेरै कुराहरु केन्द्रिकृत अवस्थामै रहेकाले सञ्चार क्षेत्रले संघीयताको अनुभूति गर्न नपाएको अध्यक्ष आचार्यले औंल्याउनु भयो ।
नेपाल पत्रकार महासंघ ५ नं. प्रदेश समितिले बुधबार बुटवलमा आयोजना गरेको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भ्रष्टाचारका समाचार नलेख्ने वातावरण बनाउनकालागि सरकारका तर्फबाट पत्रकारलाई जरिवाना लगाउने कानुन आएको समेत दावी गर्नुभयो । आलोचनात्मक विश्लेषणलाई नेताहरुले पचाउन नसकेकै कारण प्रेस स्वतन्त्रताको नीतिगत र कानुनी रुपमै बन्देज लगाउन खोजीको पनि उहाँले बताउनु भयो ।
उहाँले प्रतिनीधि सभा र राष्ट्रिय सभाबाट पारित भएको समानुपातिक बिज्ञापन बिधेयक कमिसन नपाईने भएकाले सरकारी निकायका कर्मचारीले कार्यान्वयनमा चलखेल गर्न सक्ने समेत आशंका व्यक्त गर्नुभयो । अध्यक्ष आचार्यले पत्रकारिताको आवरणमा अपराधिक गतिबिधी गर्नेहरुलाई छानविन गरि कारवाही गर्नुपर्ने बताउँदै त्यस्ता व्यक्तिलाई जिल्ला तहबाटै केन्द्रमा पठाउन आग्रह गर्नुभयो ।
पत्रकारले पुष्टि नभएका विषयलाई सामाजिक सञ्जालमा लेख्न नपाईने बताउँदै उहाँले श्रमजीवि पत्रकारहरुको पारिश्रमिक समयमा उपलब्ध नगराउने सञ्चार माध्यमलाई बन्द गराएर भएपनि त्यसको असुलउपर गराउने चेतावनी दिनुभयो ।
त्यस अवसरमा पूर्व सांसद तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष बिनोद पहाडीले सरकार मिडियाप्रति अनुदार बन्दै गएको टिप्पणी गर्दै एउटा सूर्ति उद्योग खोल्दा लिने दर्ता शुल्क र मिडिया उद्योग दर्ता गर्दा लिने दर्ता शुल्क त्यसको ज्वलन्त उदाहरण भएको औंल्याउनु भयो । एउटा सूति उद्योग दर्ता गर्दा कुल पुँजीको १ प्रतिशत र एउटा टेलिभिजन दर्ता गर्दा १० लाख रुपैंया लिने व्यबस्थाले सरकार मिडियामैत्री नभएको दावी गर्नुभयो ।
त्यस्तै महासंघका पूर्व अध्यक्ष हरि लम्सालले सरकारको स्प्रष्ट नीतिको अभावका कारण पत्रकारिता सेल्फसेन्सरशिपमा चलिरहेको उल्लेख गर्नुभयो । त्यस्तै महासंघका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले पत्रकारिताको आवरणमा गरिने गैरपत्रकारिताका कारण पत्रकारलाई हेर्ने सामाजिक मनोबिज्ञान नै बदलिएको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ प्रदेश पाँचका उपाध्यक्ष भरत केसीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य बसन्त गिरी, महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, पूर्व अध्यक्षहरु डिआर घिमिरे, मोहन चापागाई, दिपक ज्ञवाली, सेरबहादुर केसी, कपिलबस्तु महासंघका अध्यक्ष डिलाराम भुसाल, नवलपरासी अध्यक्ष हरि शर्मा, प्रेस युनियन रुपन्देहीकी अध्यक्ष रेखा भुसाल, पत्रकार बिष्णु घिमिरे, माधव न्यौपाने, नरेश केसी, बिपी गौतम लगायतले पत्रकारहरुले सामाजिक सञ्जालमा महासंघको आचारसंहिता विपरित हुनेगरी टिकाटिप्पणी गर्ने गरेकाले पत्रकारिताको मर्यादामा समस्या हुने गरेको धारणा राख्नु भयो ।

≪ Previous Post

कोरोना भाईरस संक्रमण भित्रिन रोक्न जनचेतना जगाउँदै एस्कोनद्वारा पर्चा वितरण

Next Post ≫

कोरोनाको प्रभाव एसईई स्थगित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क