Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रदेश पाँच प्रदेश सभा बैठक : लेकालीको अडियो र प्राकृतिक प्रकोपकोलागि संसदीय छानविन समिति गठन गर्न माग
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश पाँच प्रदेश सभा बैठक : लेकालीको अडियो र प्राकृतिक प्रकोपकोलागि संसदीय छानविन समिति गठन गर्न माग

संसारपोस्ट संवाददाता · ४ चैत्र २०७६ · 0
प्रदेश पाँच प्रदेश सभा बैठक :  लेकालीको अडियो र प्राकृतिक प्रकोपकोलागि संसदीय छानविन समिति गठन गर्न माग
180
SHARES
ShareTweet

बुटवल, ४ चैत
कलाकार नारायण लेकालीको अडियो रेकर्ड र बेमौषमी असीनापानीले पारेको क्षतीका बारेमा यथार्थ छानविन गर्न संसदीय छानविन समिति गठन गर्न सांसदहरुले माग गरेका छन् । प्रदेश सभाको मंगलबारको बैठकमा बिशेष समय लिएर बोल्ने सांसदहरुले कोरोना भाईरसभन्दा पनि कडा रुपमा आएको बताउँदै त्यस बिषयमा संसदीय छानविन समिति गठन गर्न सांसदहरुले सरकारको ध्यानाकषर्णण गराएका छन् । त्यस्तै सभामा कोरोना भाईरस संक्रमण भित्रिन नदिनकालागि सरकारले गरेको तयारीका बारेमा समेत जानकारी माग गरिएको थियो ।
गत फागुनको २१ गतेदेखि बुटवलमा सञ्चालन भएको प्रादेशिक औद्योगिक प्रदर्शनी सत्ता र शक्तिको बलमा आफूले बन्द गराएको भन्दै प्रदेश पाँचका उद्योगमन्त्री लिला गिरी र सामाजिक बिकास मन्त्री सुदर्शन बराल सहित रुपन्देहीका प्रमुख जिल्ला अधिकारी समेतलाई पोलेका थिए ।
बैठकमा बोल्दै प्रदेश सभा सदस्यहरुले उक्त अडियोका बिषयमा सत्यतथ्य छानविनका लागि संसदीय छानविन समिति गठन गर्न माग गरेका हुन् । प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्य बिरबहादुर रानाले उक्त अडियोमा प्रदेश सरकारका मन्त्रीहरु तथा प्रमुख जिल्ला अधिकारीको समेत मान हानी भएको उल्लेख गर्दै यति गम्भिर बिषयमा सरकारले मौनता नसाँध्न आग्रह गर्नुभयो । आफूलाई अरवपति बताउने नारायण खनाल(लेकाली)ले सत्ता र शक्तिको आडमा मेला बन्द गराएको उक्त अडियोमा प्रश्ट रहेको बताउँदै सत्यतथ्य छानविनकालागि तत्काल संसदीय छानविन समिति गठन गर्न आग्रह गर्नुभयो ।
उहाँले अहिले विश्वमा महामारीको रुपमा आएको कोरोना भाईरस संक्रमण रोक्नकालागि सरकारले गरेको प्रयासको बारेमा समेत जानकारी माग्दै कारोना भन्दा पनि खतरनाक भाईरसका रुपमा उक्त अडियो आएको बताउनु भयो ।
त्यस्तै अर्का प्रदेश सभा सदस्य फकरुद्दिन खाँनले सत्ता र शक्तिका आडमा आतंक मच्चाउन छुट कसैलाई पनि नभएको बताउँदै मन्त्रीहरु तथा प्रमुख जिल्ला अधिकारीलाई जोडेर गरिएका शब्दावलीप्रति खेद प्रकट गर्नुभयो । उहाँले सत्यतथ्य छानविन गरेर तत्काल कारवाहीको दायरामा ल्याउन पनि सरकारसंग माग गर्नुभयो । उहाँले कोरोना भाईरसका कारण मुलुकको अर्थतन्त्रसंगै उद्योग व्यबसाय तथा बैंक तथा बित्तिय संस्थामा समेत नकारात्मक असर गरेको भन्दै सरकारले नेपाल राष्ट्र बैंकसंग समन्वय गरेर राहतको व्यबस्था मिलाउन आग्रह गर्नुभयो ।
त्यस्तै प्रदेश सभासदस्य डिल्लीबहादुर चौधरीले कानुन निर्माणसंगै कार्यान्वयनमा जोड दिदैं हालसम्म कति कानुन कार्यान्वयनमा आएका छन् त्यसको सरकारसंग जवाफ माग गर्नुभयो । उहाँले बिकासका सवालमा प्रदेश सदस्यलाई जानकारी गराई काम अंगाडी बढाउन सरकारसंग माग गर्दै दाङ्मा भएको खुकुरी प्रहारको छानविन गर्न आग्रह गर्नुभयो ।
प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले लुम्बिनी बिकास कोषको गुरु योजना विपरित काम भएको प्रति सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले स्मार्ट एजुकेशन बोर्डको नाममा वितरण गरिएको अनुदान रकममा अनियमिता भएको औंल्याउँदै छानविन गर्न माग गर्नुभयो ।
प्रदेश सभा बैठकमा हालै आएको बेमौषमी असिनापानीले पारेको क्षतीको यथार्थ बिवरण संकलन गरि राहत प्रदानकालागि सरकारलाई ध्यानाकर्षण गराएका छन् । बेमौषमी असिना पानी तथा चट्यांकका कारण अर्घाखाँचीको सितगंगा नगरपालिकामा १ जना, भूमिकास्थान नगरपालिकामा १ जना र बर्दियामा सासुबहारी गरी ४ जनाको ज्यान गएको थियो भने किसानले लगाएको बालिनालीमा समेत क्षती पु¥याएको थियो ।
प्रदेश सभामा बोल्दै प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरे, कुलप्रसाद पोखरेल, धमकली चौधरी, धर्मबहादुर लाल श्रीवास्तव, बिजयबहादुर यादव लगायतले प्राकृतिक प्रकोपले पारेको क्षतीको यथार्थ विवरण संकलन गरि उचित क्षतीपूति तथा राहतको व्यबस्था गर्न सरकारसंग माग गर्नुभएको थियो ।
प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै सामाजिक बिकास मन्त्री सुदर्शन बरालले कोरोना भाईरस भित्रिन नदिनकालागि सरकारको तर्फबाट भएको तयारीका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले प्रदेशका १५ वटा अस्पतालमा ८५ वटा आईसोलेशन बेड तयार भएको जानकारी गराउँदै भारतसंग जोडिएका तराईका ६ जिल्लाका १५ नाका र २ वटा बिमानस्थलमा हेल्थडेस्क स्थापना गरि स्क्रिनिङ् गर्न सुरु गरिएको जानकारी गराउनु भयो । मन्त्री बरालले संघीय सरकारको सहयोगमा आईसुलेशन अस्पतालको तयारी गरिएको जानकारी गराउँदै प्रादेशिक प्रयोगशाला निर्माण गर्न सके ल्याव परिक्षणकालागि सहज हुने उल्लेख गर्नुभयो ।
मंगलबारको प्रदेश सभा बैठकमा भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले ‘सडक निर्माण मर्मत सम्भार तथा बिस्तार गर्ने सम्बन्धमा व्यबस्था गर्न बनेको बिधेयक’ पेस गर्नुभएको थियो ।

≪ Previous Post

फुलबारीमा पार्क सम्मेलन र मूर्तिकला कार्यशाला हुने

Next Post ≫

शाइन रेसुंगाको ५० गुणाले चुक्ता पुंजी बृद्धि

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क