Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ फुलबारीमा पार्क सम्मेलन र मूर्तिकला कार्यशाला हुने
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

फुलबारीमा पार्क सम्मेलन र मूर्तिकला कार्यशाला हुने

संसारपोस्ट संवाददाता · ४ चैत्र २०७६ · 0
फुलबारीमा पार्क सम्मेलन र मूर्तिकला कार्यशाला हुने
70
SHARES
ShareTweet

बुटवल, ४ चैत
आन्तिक तथा बाह्य पर्यटनको प्रमुख गन्तव्य बनेको बुटवलको मणिमुकुन्द सेन उद्यान (फुलबारी) लाई सौन्दर्यकरण र पर्यटकको आकर्षण बढाउन मूर्तिकला कार्यशाला र पार्क सम्मेलन हुने भएको छ । फूलबारीले यहीँ चैत १४ गतेदेखि ३० गतेसम्म मुनामदन राष्ट्रिय कार्यशाला आयोजना गरेको हो ।
त्यस्तै कार्याशालाको अन्तिम समयतिर चैत २९ गते प्रदेश नम्बर पाँच स्तरीय पार्क सम्मेलन गर्न लागिएको हो ।
पार्क सम्मेलनमा देशभरका पर्यटकीय पार्कहरूको विकास र पवद्र्धन गर्न दुई सम्मेलन राखिएको मणिमुकुन्द सेन उद्यान (फुलबारीका अध्यक्ष खेमप्रसाद लुइटेलले जानकारी दिए ।
मूर्तिकला कार्याशालामा राष्ट्रिय स्तरका करिब २० जना दक्ष कलाकारहरुले १७ दिनसम्म मुनामदन बाटिकामा प्रेम प्रतिक झल्किने आकृतिका विविध मुर्तिहरु कुद्ने छन् । पार्क सम्मेलनमा ५ नम्बर प्रदेश स्तरका सम्बन्धित करिब १ सय ५० जना प्रतिनिधिहरुको सहभागिता रहने छ ।
सम्मेलनमा पार्क, पर्यटन र आर्थिक संमृद्वि विषयमा कार्यपत्र, सरकारी नीति तथा योजनामा पार्क र आगामी योजना विषयमा कार्यपत्र, प्रदेश स्तरीय पार्क समन्वय समितिको गठन र पार्कको विकाससंग सम्बन्धित रहेर बुटवल घोषणपत्र जारी गरिने छ । फुलबारी पार्कको रुपमा विकास भईरहेको छ । यहाँ दैनिक हजारौ पर्यटकहरु भ्रमणका लागि आउँछन ।
बुटवल उपमहानगरपालिका–२ पुरानो बटौली क्षेत्रमा उद्यान छ । मणिमुकुन्द सेन दरबारसमेत रहेको ऐतिहासिक र पुरातात्विक स्थलका रूपमा रहेको फूलबारीमा प्राकृतिक दृश्य अवलोकन गर्ने वातावरण छ ।
पहाडको काखमा र बुटवलदेखि केही माथिल्लो भूभागमा रहेको उद्यानमा फूलेका थरिथरीका आकर्षण देख्दा त्यहाँ पुग्ने सबैको मन तान्छ ।
उद्यान बुटवलको मणिका रूपमा चिनिएको छ । फूलबारीको प्राकृतिक दृश्यावलोकन गरी मनोरम वातावरणमा भुल्न आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ ।
उद्यानमा दरबारको भग्नावशेष क्षेत्र, पुरातात्विक ऐतिहासिक बगैँचा, बालउद्यान छन् ।
फूलबारीमा सिजनमा दैनिक सयौं पर्यटक आउने गर्छन । फुलबारीलाई आकर्षक बनाउने कामहरु पनि धमाधम भइरहेका छन् ।

≪ Previous Post

सालझण्डीमा शाइन रेसुंगा बैंकको शाखा

Next Post ≫

प्रदेश पाँच प्रदेश सभा बैठक : लेकालीको अडियो र प्राकृतिक प्रकोपकोलागि संसदीय छानविन समिति गठन गर्न माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क