Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीका होटल व्यवसायीद्वारा बाह्रसिंगे बियर उद्योगको अवलोकन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीका होटल व्यवसायीद्वारा बाह्रसिंगे बियर उद्योगको अवलोकन

संसारपोस्ट संवाददाता · १ चैत्र २०७६ · 0
रुपन्देहीका होटल व्यवसायीद्वारा बाह्रसिंगे बियर उद्योगको अवलोकन
70
SHARES
ShareTweet

यमलाल भुसाल



बुटवल, १ चैत । याक ब्रिविङ्ग कम्पनी प्रा.लि.को निमन्त्रणामा रुपन्देहीका होटल व्यबसायीले उक्त कम्पनीको बियर उद्योगको स्थलगत अवलोकन गरेका छन् ।
याक ब्रिविङ्ग कम्पनी प्रा.लि.ले उत्पादन सुरु गरेको ‘बाह्रसिंगे बियर’को बारेमा जानकारी गराउन होटल तथा रेष्टुरेण्ट व्यबसायी संघ रुपन्देहीलाई संस्थागत निमन्त्रणा गरेको थियो ।
कम्पनीको निमन्त्रणा अनुसार होटल तथा रेष्टुरेण्ट व्यबसायी संघ रुपन्देहीको कार्यसमितिका पदाधिकारी, सदस्य, टोल समितिका संयोजकहरु, अग्रज व्यबसायी सहितको टोलीले चितवनको ईच्छामनकामना गाउँपालिका कुरिन्टारमा रहेको ‘बाह्रसिंगे बियर’को उद्योग र त्यसको उत्पादनका बारेमा स्थलगत अवलोकन गरि जानकारी लिएको संघका महासचिव माधवकुमार खनालले जानकारी गराउनु भयो ।
रुपन्देहीबाट गएको टोलीलाई वियर उद्योगका सञ्चालक रबि केसीले स्वदेशी लगानीमा सञ्चालित उद्योगको उत्पादन प्रवद्र्धन गर्न र त्यसबाट फाईदा लिन समेत होटल व्यबसायीलाई आग्रह गर्नुभयो । सरकारले बाह्य लगानी आह्वान गरिरहेका वेला स्वदेशी लगानीको संरक्षण र प्रवद्र्धन गर्न सरकार तथा व्यबसायीलाई समेत आग्रह गर्नुभयो । उहाँले १ अर्व ५० करोड लगानीमा बियर उद्योग सञ्चालनमा ल्याएको जानकारी गराउँदै हाल उक्त उद्योगको मासिक ४ लाख केस (पेटी) उत्पादन क्षमता रहेको जानकारी गराउनु भयो ।
त्यस अवसरमा होटल तथा रेष्टुरेण्ट व्यबसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले स्वदेशी उत्पादनलाई व्यबसायीले प्रोत्साहन तथा प्रवद्र्धन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


कम्पनीका बजार प्रतिनिधि प्रितिम गिरीले नयाँ बियरको बारेमा प्रकाश पार्दै याक ब्रिविङ्ग कम्पनी प्रा.लि.कै टिमले यति डिष्ट्रिलरीबाट ब्लाक चिम्नी, वल्ड दरबार, ८८४८, लगायतका मदिरा उत्पादन तथा बजारीकरण गर्दै आएको जानकारी गराउनु भयो । याक ब्रिविङ्ग कम्पनी प्रा.लि.ले नयाँ उत्पादन गरेको ‘बाह्रसिंगे बियर’ क्यान र बोटल तथा प्रिमियम र स्ट्रोङ् दुबैमा रहेको उहाँले जानकारी गराउनु भयो ।

≪ Previous Post

बुटवल—पाल्पा सडकखण्डमा मोड फराकिलो बनाउन दैनिक ३ पटक गरि ८ घण्टा बाटो अवरुद्ध

Next Post ≫

रुपन्देहीको घोडाहामा टिप्पर दुर्घटना : चाकल सहित दुई जना गम्भिर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क