Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेश ५ सरकारको कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्रालय २७ वटा परियोजना छनौट ,४१ करोड अनुदान रकम विनियोजन
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश ५ सरकारको कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्रालय २७ वटा परियोजना छनौट ,४१ करोड अनुदान रकम विनियोजन

संसारपोस्ट संवाददाता · २० फाल्गुन २०७६ · 0
प्रदेश ५ सरकारको कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्रालय २७ वटा परियोजना छनौट ,४१ करोड अनुदान रकम विनियोजन
180
SHARES
ShareTweet


बुटवल २० फागुन
प्रदेश ५ सरकारको कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्रालय कृषि विकास तथा पशुपंक्षि तथा मत्स्य विकासका लागि ४१ करोड १ लाख रुपैयाँ अनुदान कार्यक्रकका लागि विनियोजन गरेको छ । कृषि विकास निर्देशनालय मार्फत कुल कार्यक्रमका लागि ३६ करोड, ६६ लाख , र पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका मार्फत ४ करोड ३५ लाख रुपैयाँ अनुदानको लागि रकम विनियोजन गरिएको छ ।
कृषि विकास निर्देशनालय मार्फत अनुदान प्रदान गर्ने गरि मन्त्रालयले प्रदेशको कृषि क्षेत्रको विकासमा टेवा पुराउने र किसानलाई जीवन स्थरमा सुधार गर्नका लागि प्रदेशमा विभिन्न २० वटा कृषि सम्बन्धी र पशुपंक्षि तथा मत्स्य विकासका ७ वटा अनुदानका कार्यक्रम स्विकृत गरि सार्वजनिक गरेको छ ।
यस्तै मन्त्रालयको कृषि विकास निर्देशनालय बाट कुल २० वटा कार्यक्रममा उत्पादनमा आधारित प्रतिफल अनुदान प्रदान गर्न लागिएको छ । जसमा कृषि तथा पशु विषय अध्यायन गरेका युवाहरुको लागि उद्यमशिलता विकास कार्यक्रममका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । जस अनुसार शिक्षित युवा बेरोजगार हुन नपर्ने गरी यो योजना ल्याइएको निर्देशनालयका प्रमुख याम नारायण देवकोटाले जानकारी दिए । कृषिक संग विद्यार्थी कार्यक्रका लागि पनि १० लाख विनियोजन गरिएको छ भने कष्टम हायरिङ्ग सेन्टर स्थापना, आरन व्यवस्थापन, कृषि बस्तुको प्रसोधन, उद्योग स्थापना, कृषि उपजको ग्रेडिङ्ग, प्याकेजिङ्ग, लेवलिङ्ग सुधार कायक्रम, पकेट क्षेत्र विकास कार्यक्रम, प्रांगारिक पकेट क्षेत्र विस्तार कार्यक्रम, जैविक विषादी र प्रांगारिक मल उत्पादन, स्थानिय तहको सहकार्यमा चक्लाबन्दी विस्तार, प्रांगारिक उत्पादन प्रर्वद्धन कार्यक्रम आदि रहेका छन् । यस्तै च्याउ ग्राम स्थापना सहयोग अनुदान समेत रहेको छ ।
नयां कार्यक्रमहरुमा प्रदेशका बिभिन्न जिल्लाहरुमा प्राराङ्गारीक उत्पादन क्षेत्र बनाउने , भुमिहिनहरुकालागि ल्याईएको करार खेति कार्यक्रमलाई सबै कृषहरुका लागि खुल्ला गर्ने, चलबन्दी सहितको नमुना कृषि फर्महरुलाई प्रोत्साहन दिने, कृषि बस्तुको प्रशोधन उद्योगको स्थापना गर्ने , च्याउ ग्रामको बिस्तार गर्ने जस्ता कार्यक्रमहरु समावेश गरिएकाछन् ।
मन्त्रालयले सार्वजानिक गरेको कार्यक्रम अनुसार कृषि तथा बन बिज्ञान बिषयमा अध्ययन गरेका युवाहरुले बिषयगत उद्यम गर्न चाहे सरकारले १० लाख सम्म अनुदान दिने ब्यवस्था गरेको छ ।
मन्त्रालयले आर्थिक वर्ष ०७६।७७का लागि तयार पारेको प्रस्तावहरु जानकारी गराउने उद्देश्यले मंगलवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश ५ सरकारको कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले बिज्ञ युवाहरुको जागिरे प्रबृतिलाई परिवर्तन गर्न युवा केन्द्रित अनुदानको कार्यक्रम ल्याईएको बताउनु भयो ।
उहांले संघ, प्रदेश र स्थानीय तहका बिच समन्वय हुन नसक्दा सरकारले गर्न खोजेका कार्यक्रमहरु प्रभावकारी हुन नसकेको बताउंदै बिगतको शिक्षा लिएर आगामी दिनमा समन्ययलाई प्रभावकारी बनाउंदै लगिने बताउनु भयो ।
मन्त्रालयले सार्वजानकी गरेको नयां कार्यक्रमहरुमा प्रदेशका बिभिन्न जिल्लाहरुमा प्राराङ्गारीक उत्पादन क्षेत्र बनाउने , भुमिहिनहरुकालागि ल्याईएको करार खेति कार्यक्रमलाई सबै कृषहरुका लागि खुल्ला गर्ने, चलबन्दी सहितको नमुना कृषि फर्महरुलाई प्रोत्साहन दिने, कृषि बस्तुको प्रशोधन उद्योगको स्थापना गर्ने , च्याउ ग्रामको बिस्तार गर्ने जस्ता कार्यक्रमहरु समावेश गरिएकाछन् । मन्त्रालयले प्रदेशका १२ वटै जिल्लामा हरित स्वयम सेवकहरु प्रिचालन गर्दै सरकारका अनुदानहरु वस्तबिक किसान सम्म पुगे नपुगेको रिपोर्ट लिने ब्यवस्था गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
गत आर्थिक वर्षमा मन्त्रालयले बितरण गरेको अनदानमा दुरुपयोग भएको भन्द्रै प्रदेश सभाको संसदिय समितीले प्रतिबेदन बुझाएपछि कृषि मन्त्रालयको अनुदान कार्यक्रम आलोचित बनेको थियो ।
मन्त्रालयले किसानहरुलाई पशुपंक्षि तथा मत्स्य विकास निर्देशनलय र कृषि विकास निर्देशनालय मार्फत उत्पादनमा आधारित प्रतिफलमा अनुदान प्रदान गर्ने छन् । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का प्रवक्ता, योजना तथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरेका अनुसार किसानहरुले दुधमा प्रतिलिटर २ रुपैयाँ, जिउँदो बोका÷खसी÷भेडामा प्रति किलो २५ रुपैयाँ, जिउदो रागाँोको प्रतिकिलो १५ रुपैयाँ, जिउदो बंगुरको प्रतिकिलो २० रुपैयाँ, माछामा प्रतिकिलो १० रुपैयाँ किसानलाई अनुदान उपलब्ध गराउने छ । यसको लागि यि सबै कार्यहरु सहकारी मार्फत हुनुपर्ने हुनुपर्ने हुन्छ ।
पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका प्रमुख तुलसीराम भण्डारीका अनुसार खसी बोका भेडाको हकमा सहकारीबाट एक बर्षमा कम्तीमा १०० वटा , बंगुरको हकमा ५० वटा, राँगो २०, माछा तराईमा प्रति सदस्य ५ सय किलो र पहाडमा २सय ५० किलो प्रति सहकारीले ५ मेट्रिक टन विक्रि गरेको हुनपर्ने हुन्छ । कार्यक्रममा खाद्य सुरक्षा तथा कृषि व्यवसाय महाशाखा प्रमुख श्रीधर ज्ञवालीले विगतको अनुभवका आधारमा यस वर्षको अनुदान कार्यक्रमलाई तयार गरिएको बताउनु भयो ।

≪ Previous Post

महिला उद्यमीद्धारा बुटवलमा हुने घरेलु साना तथा औद्येगिक महोत्सवको तयारी पुरा

Next Post ≫

भवन निर्माणमा कु ?तत्वको षडयन्त्र

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क