मणिग्राम, १९ फागुन । रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. प्राप्त संस्था राममणि बहुुमुखी क्याम्पसमा स्नातकोत्तर तहका विद्यार्थीका लागि पाठ्यक्रम तथा कक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पसको स्नातकोत्तर तह अन्तर्गत एम.वी.एस. र एम. समाजशास्त्रका विद्यार्थीका लागि छुट्टाछुट्टै अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
एम.वी.एस. अभिमुखीकरण कार्यक्रममा प्राध्यापकहरू राजेन्द्र थापामगर, बाबुराम पाण्डे, डा.अशोक भण्डारी, खुमकान्त पाण्डे, सुबोध भट्टराई लगायतले सहजीकरण गर्नुभएको थियो ।
एम.वी.एस. कार्यक्रमका विभागीय प्रमुख राजेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा एम.वी.एस. पहिलो सेमेष्टरका ६८ जना विद्यार्थीको सहभागिता रहेको प्राध्यापक विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।
त्यसैगरी, एम.ए. समाजशास्त्र पहिलो सेमेष्टरका विद्यार्थीका लागि प्राध्यापकहरू मोहनराज शर्मा, ताराप्रसाद पराजुली, प्रा.डा. भोजराज कडेरिया, लक्ष्मण तिमिल्सिना र वसन्तकुमार जोशीले सहजीकरण गर्नुभएको थियो ।

एम.ए. समाजशास्त्रका विभागीय प्रमुख मोहनराज शर्माको अध्यक्षता, क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीको आतिथ्यता र प्राध्यापक वसन्तकुमार जोशीको सञ्चालनमा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्यालले धन्यवाद ज्ञापन गर्नुभएको लेखा अधिकृत उमेशकुमार शाहीले जानकारी दिनुभयो ।