Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ क्याम्पस प्रमुखको कक्षमा ताला
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

क्याम्पस प्रमुखको कक्षमा ताला

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०७६ · 0
क्याम्पस प्रमुखको कक्षमा ताला
40
SHARES
ShareTweet


बुटवल १९ फागुन
विभिन्न २१ बुँदे शैक्षिक माग राख्दै आन्दोलनमा उत्रिएको अनेरास्ववियु राममणि बहुमुखी क्याम्पसले सोमबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । यसअघि माग पूरा गर्न क्याम्पस प्रशासनलाई एकहप्ते अल्टिमेटम दिएको अनेरास्ववियुले माग पूरा गर्न क्याम्पस प्रशासनले चासो नदेखाएको भन्दै सोमबार तालाबन्दी गरेको हो ।
बारम्बार आग्रह गर्दा पनि माग पूरा नभएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको संगठनका अध्यक्ष सागर न्यौपानेले बताए । आफूहरुका माग पूरा नभएसम्म तालाबन्दी जारी रहने पनि उनले बताए । संगठनका अर्का अध्यक्ष योगेश पराजुलीले वृद्धि गरिएको भर्ना र मासिक शुल्क फिर्ता गरी नयाँ शुल्क निर्धारण गर्न, भवन निर्माणको टेन्डर अन्तिम समयमा रद्द गरिएकाले तत्काल निर्माण कार्यलाई अगाडि बढाउन, इ–लाईब्रेरीको समुचित व्यवस्थापन गरी प्रभावकारिता बढाउन माग गरिएकोमा प्रशासनले बेबास्ता गरेको बताए ।
त्यस्तै अनेरास्ववियुले लाईब्रेरीबाट सबै विषयका किताब उपलव्ध गराउन, पुराना संस्करणका किताब हटाई नयाँ संस्करणका किताब राख्न, स्टडी जोनका लागि तत्काल जग्गा उपलव्ध गराउन, अतिरिक्त प्रतिभा भएका विद्यार्थीहरुका लागि फरक फरक विधाका शिक्षक राख्न, प्रयाप्त मात्रामा खेल सामग्री उपलव्ध गराउन पनि माग गरेको छ ।
क्याम्पसको सभा सम्मेलनमा विद्यार्थी प्रतिनिधि सहभागी गराउन, क्याम्पसको आर्थिक हिसाव पारदर्शी गर्न, हालै विज्ञान संकायका संयोजक सहित टोलीले क्याम्पस छाडेको भन्दै यसको छानविन गरी दोषीउपर कारवाही गर्न, अध्ययनरत विद्यार्थीका निम्ति तिलोत्तमा नगरभित्र यातायात सुविधा तत्काल व्यवस्था गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।
त्यस्तै अनेरास्ववियुले यातायात शुल्क घटाउन, रोकिएको बिबिएस अंग्रेजी माध्यमको भर्ना सुचारु गर्न, क्यान्टिन सर्वशुलभ र व्यवस्थित गर्न, शौचालयको नियमित सरसफाई र मरम्मत गर्न, सबै तलामा जाडोमा तातो पानी र गर्मीमा चिसो पानीको व्यवस्था गर्न, गुणस्तरीय शिक्षक राख्न, शिक्षकहरुको अनुशासनमा ध्यान दिन, प्राथमिक उपचारसँगै औषधि समेत उपलव्ध गराउन र क्यूएए प्राप्तिका लागि भनेर बनाइएका संरचना देखावटी भएकाले उक्त संरचनालाई क्याम्पसको समग्र हितमा प्रयोग गर्न माग गरेको छ ।

≪ Previous Post

कोरोना भाइरसका कारण नेपाली बजारमा माक्सको अभावसंगै कालो बजारी मौलायो

Next Post ≫

राममणिमा पाठ्यक्रम तथा कक्षा अभिमुखीकरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क